लकडाउनको विकल्प खोज्ने कि ? – Kanika Khabar
Friday, April 19Nepali News Portal

लकडाउनको विकल्प खोज्ने कि ?

    मा प्रकाशित

विन्दु काफ्ले

लामो समयदेखि बन्दाबन्दीको मार खेपेका खास गरी साना व्यावसायीहरु विस्थापित हुने क्रम बढेको, अर्थतन्त्र तहसनहस भएको यस विषम अवस्थामा कोभिड १९ संक्रमण नियन्त्रण रोकथाम को नाममा स्थानीय प्रशासनले लगाउँदै आएको लकडाउन, निषेधाज्ञाको आदेशको विकल्प खोज्नुपर्ने अवस्था आएको छ । वर्तमान अवस्थामा जारी गरिएका लकडाउन, निषेधाज्ञा ले केबल साना व्यावसायीहरुलाई मात्र असर परेको छ । बजार केन्द्रित लकडाउनले स सानो लगानीमा व्यावसाय गरेर आफ्नो परिवारको खर्च धानेका व्यावसायीलाई मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको छ । सडक मा टिप्पर, ट्रक तथा अन्य राता,सेता प्लेटका सवारी साधन चल्न छोडेका छैनन् । पहुँचवाला व्यक्तिहरु एक स्थानबाट अर्को स्थानमा सहज रुपमा आवतजावत गरिरहेका छन उनीहरुलाई यो लकडाउन, निषेधाज्ञाले कुनै असर पारेको छैन भने ठुला होससेल व्यबसाय गर्नेहरुलाई पनि यो लकडाउन, निषेधाज्ञाले कुनै असर पारेको छैन ।
झट्ट हेर्दा साना व्यावसायीलाई विस्थापित गर्ने तर्फ उन्मुख बन्दाबन्दीको औचित्य देखिदैन यसको विकल्प खोजेर बजारलाई सावधानीका साथ पूर्ववत् अवस्थामा फर्काउनतर्फ सबैले पहल गर्नुपर्ने देखिएको छ। तल उल्लेखित कुराहरुलाई कडाईका साथ पालना गर्दै लकडाउन, निषेधाज्ञाको विकल्प खोजिनुपर्दछ ।
👉️स्वास्थ्य मापदण्ड बमोजिम सुरक्षाका उपाय अपनाएर बिहानदेखि साझ सम्म निर्बाध रुपमा बजार खोल्ने
👉️जिल्लाभित्र बाहिरका नाकामा हेल्थ डेस्क राखेर कडाइका साथ परीक्षण गरेर शंकास्पद व्यक्तिलाई क्वारअन्टिनमा पठाउने
👉️ प्रत्येक वडामा वडास्तरीय क्वारअन्टिन स्थापना गर्ने
👉️चाडवाडमा बाहिरी जिल्लाबाट मानिसहरु आउने क्रम बढ्ने छ त्यसलाई जिल्ला प्रबेश नाकामा हेल्थडेस्क र होल्डिङ्ग सेन्टर स्थापना गरेर पूर्ण विवरण लिएर मात्र प्रवेश दिने, शंकास्पदलाई होल्डिङ्ग सेन्टरमा राखेर परीक्षणको व्यवस्था गर्ने
👉️कुनै पनि बहानामा सवारी साधनलाई जिल्ला रभित्र बाहिर आउन जान नदिने
👉️पालिकास्तरमा आइसोलेसन सेन्टर स्थापना गर्ने
👉️ तेस्रो मुलुकबाट आएकालाई होम क्वारअन्टिन र आइसोलेसन प्रभावकारी हुन सकेको छैन त्यसैले सम्भावित संक्रमितलाई समुदायमा जान नदिने
👉️अनिवार्य मास्कको प्रयोगलाई प्रोत्साहन हुने कार्यक्रम संचालन गर्ने, जरिवानाको बदला रु १००/- लिएर १०-१२ बटा मास्क दिने
👉️पिसिआर परीक्षणलाई सहज बनाउने
यसरी लकडाउनलाई प्रभावकारी बनाउन सकियाे भने लकडाउनकाे अर्थ रहन्छ अन्यथा यस्ता प्रकृतिका बन्दले व्यापारीकाे ढाड सेक्ने मात्र हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्