पर्वतमा वैकल्पिक विधिबाट पढाउन शुरु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पर्वतमा वैकल्पिक विधिबाट पढाउन शुरु

    मा प्रकाशित

रोशन तिवारी
भदौ २२, पर्वत ।
विद्यालयको नियमित पढाई कोभिड १९ को महामारीले प्रभावित भएपछि पर्वतका सामूदायिक विद्यालयमा बैकल्पिक विधिबाट पढाई सञ्चालन गर्न थालिएको छ । जिल्लाको कुश्मा नगरपालिका ८ स्थित मंगलोदय माविले भर्चुअल कक्षा चलाउन थालेको छ । विद्यालय बन्द भएपछि कुश्माकै शिवालय माविले टोल शिक्षा कार्यक्रम शुरु गरेको छ । फलेवासको गहते अम्बोट आधारभूत बिद्यालयले बिगत दुई महिना देखि टोल टोलमा पुगेर बिद्यार्थीलाई पढाउँदै आएको छ ।
प्रअको बैठकबाट भएको निर्णय अनुसार फलेवासका टोलटोलमा सम्बन्धित ठाउँमा पुगेर गृहकार्य दिने र मनिटरिङ गर्ने काम गरिरहेका प्रमुख प्रसासकिय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । मोदी गाउँपालिकामा घुम्ति कक्षा सञ्चालन गरिएको छ । विद्यालय बन्द भएको अवस्थामा शैक्षिक सत्र खेर जान नदिन ९० दिने शैक्षिक सिकाई सामग्री वितरण गरी स्वअध्ययन गर्न लगाएर सिक्ने र सिकाउने अभ्यास भैरहेको शिक्षा अधिकृत झकप्रसाद गौतमले जानकारी दिए । जलजला गाउँपालिकाको लेकफाँट, शालिजा, बनौँ लगायतका वडामा विद्यार्थीका घरमै पुगेर शिक्षकले बिद्यार्थीलाई पढाउन शुरु गरेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्