‘बिपीलाई बासी भात मन पर्थ्यो – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

‘बिपीलाई बासी भात मन पर्थ्यो

    मा प्रकाशित

बिपी कोइरालासँग मेरो भेट २००८ सालमा भएको हो । उहाँसँग मेरो काठमाडौँको नयाँ सडक
(न्युरोड) खिचापानीमा भेट भएको हो । उसबेला बिपीहरु त्यही बस्नुहुन्थ्यो । मेरो रुचि नेपाली काङ्ग्रेसमा थियो । मलाई नेपाली काङ्ग्रेसको सदस्य पनि बिपीबाबुले बनाउनुभएको हो । यस्तो अहोभाग्य कमैले प्राप्त गर्छन् । पार्टीप्रति प्रतिवद्ध हुन त्यसबेला खुट्टाको औला काटेर रगतको छाप लाउनुपथ्र्यो । मैले त्यसरी सदस्यता हाँसिल गरेँ । त्यसपछि राजनीतिमा सक्रिय हुन थालेँ । राजनीतिमा लागेदेखि धेरैपटक बिपीसँग भेट भयो । काठमाडौं मात्र हैन, चितवनमा पनि भेट हुन थाल्यो । अर्को सौभाग्य, बिपी पहिलो पटक चितवन आउँदा मेरै घर बस्नुभएको थियो । उहाँ ३ दिन मेरो घरमा बसेर काठमाडौँ जानुभयो । त्यसवखत मैले धेरै सिक्ने अवसर पाएँ । त्यसपछि चितवन आउने क्रम बढ्यो । संगठन बिस्तारका क्रममा उहाँ ४ पटक चितवन आउनुभएको थियो । त्यस अवधिमा ३ पटक मेरै घर बस्नुभयो । सम्झिदा हाँसो लाग्छ । मलाई मायाले सिस्नु र जरकट्टी भनेर बोलाउनुहुन्थ्यो । मैले चाहिँ सान्दाइ भनेर बोलाउँथे ।
२००३ सालदेखि बिपी समाजबादी नेताका रुपमा नेतृत्व पंक्तिमा हुनुहुन्थ्यो । त्यसै सिलसिलामा बिपी लगायत नेताहरुलाई ठोरीबाट हात्तीमा राखेर नारायणगढ ल्याइएको थियो । २ वटा हात्ती हौदा कसेर नेताहरुलाई ल्याउँदा निकै रमाइलो भएको थियो । त्यतिबेला नारायणगढस्थित मेरै घरमा बस्नुभएको थियो । उहाँले हामीलाई संगठन बिस्तार गर्न निर्देशन दिएर फर्किनुभयो । म घोडा चढ्न निकै सिपालु थिएँ । कपाल लामो भएकाले कपालमा चिठी बेरेर पटुकीमा पेस्तोल लुकाएर घोडा चढी माडीका गाउँ गाउँमा पुगेर संगठन बिस्तार गरेको सम्झना ताजा छ ।
मलाई राजनीतिमा सक्रिय हुने प्रेरणा बिपिबाट मिलेको हो । म बेलाबेलामा काठमाडौं जान्थँे । काठमाडौंको झोछेमा द्वारिका दाइको होटलमा बस्थेँ । पारिपट्टी काङ्ग्रेसको पार्टी कार्यालय थियो । मेैले भाइपूजा गर्ने डिके शाही, बिपी लगायत नेताहरु त्यहीँ बस्नुहुन्थ्यो । विहान मलाई लिन पठाउथँे । द्वारिका दाइले पठाएपछि मात्र जान्थँे । म पुग्ने वित्तिकै बिपीले मैया आयौ ? भन्नुहुन्थ्यो । हजुर आइपुगँे सान्दाइ भन्थेँ मैले । अनि उहाँहरुलाई कागती हालेर चिया बनाइदिन्थँे र दिन्थेँ । बिपीलाई चियामा कागती असाध्यै मन पथ्र्यो । बीपीलाई बासी भात असाध्यै मन पथ्र्यो । म जाने वित्तिकै ‘भासी भात भुट न भन्नुहुन्थ्यो ।’ प्याज, घिउ नुन हालेर भुटेर दिन्थँे । मिठो मानी मानी खानुहुन्थ्यो । मेरो घरमा आउँदा पनि ,‘बासी भात भुटिदेऊ है’ मैया भन्नुहुन्थ्यो । कति पटक त मैले बासी भात टकारेकी छु । बासी भात र कागती भएपछि उहाँलाई चौरासी व्यञ्जन दिए सरह हुन्थ्यो । अहिलेका नेतालाई ठुल्ठुला होटलमा बस्नुपर्छ । होटलमा खानुपर्छ । उहाँ अवपाद हुनुहुन्थ्यो । सादगी थियो जीवन । बिपीलाई मनपर्ने गाईको घिउ, कागती, मह, निम्किन र बासी भात हो । यी चिजहरु लिएर म धेरै पटक काठमाडौँ पुगेकी छु । मेरो बानी छुटेको छैन । अहिले पनि महको चाका जसले ल्याए पनि किन्छु र बिपीकै नाममा दान गरिदिन्छु ।
राणा शासन बिरुद्ध आन्दोलनका बेला हो । बिपीहरु चितवनबाट फर्केको १ महिनापछि म एक पटक २० रुपैंया दिएर काठमाडौं भागेर पुगेकी छु । ‘बिपीले बोलाउनु भा’छ’ भनेर काकाले खवर गर्नुभयो । उहाँकै गाडीमा बसेर गएँ । मैले फर्किन मानिनँ । यता आमाले चिन्ता गरेर रुनु भएछ । काठामाडौंमा बस्दा म दैनिक जसो पार्टी कार्यालय जान्थँे । त्यहाँ विभिन्न जिल्लाका साथीहरुसँग भेट हुन्थ्यो । बिपीले ‘अधिकार आइमाईको पनि हुनुपर्छ, लोग्ने मान्छेले मात्र अंश पाउनु अन्याय हो, हामी हक लिन राजनीतिमा लाग्नुपर्छ परम्परामा मात्र चल्नुहुन्न’ भन्नुहुन्थ्यो । बिपीका यिनै भनाईले म महिला अधिकारप्रति सचेत हुन थालेकी हुँ । म सधैं अधिकारका कुरा गर्थेँ । बिपीले पनि माया गर्नुहुन्थो । बिपीको मलाई मन्त्री बनाउने ठुलो धोको थियो । तर उहाँको इच्छा अधुरै रह्यो ।
२०१५ सालको आम निर्वाचनमा बिपीले मलाई टिकट नदिएर विश्वबन्धुलाई दिनुभयो । मैले स्वतन्त्र उठ्ने निर्णय गरँे । चुनाव प्रचार प्रसारमा लागे जित्ने पक्का थियो । पार्टीलाई समस्या पर्छ, पार्टी कमजोर हुन्छ भनेर बिपीले निर्णय फिर्ता लिन आग्रह गदैं चिठी पठाउनुभएको थियो । म पार्टीबाट नतमस्तक छु । मैया क्षमा देऊ भनेर लेखिएको थियो । मैले रिसले चिठी च्यातेर फलिदिएँ । त्यो बेला आवेशमा आएको सम्झेर अहिले पछुतो लाग्छ । मेरो नजरमा बिपी कोइराला समाजबादी नीतिको प्रणेता, महिलालाई उच्च सम्मान गर्ने व्यक्ति हुनुहुन्छ ।
मलाईं ६ बजे अफिसमा बोलाउनुहून्थ्यो । देश र जनताको पक्षमा कसरी काम गर्ने भाषण कसरी गर्ने सबै सिकाउनुभयो । म कुनै कार्यक्रममा ढिला पुगँे या भइनँ भने निकै सोधीखोजी गर्नुहुन्थ्यो रे । साथीहरुले भन्थे । सधै बहिनीलाईं दिने स्नेह दिनुभयो । कहिल्यै अपमान गर्नुभएन, नरामं्रो व्यवहार गर्नुभएन । आफ्नै अभिभावक जस्तै बनेर मेरो अस्तित्व जोगाइ दिनुभयो । उमेर जोगाईदिनुभयो । नैतिकता बच्यो । बिपीको केटी हेर्ने बानी थिएन । कसैले हामीलाईं नराम्रो नजरले हेरे हपार्नुहुन्थो । गुलाबको फूल उहाँलाई मनपर्ने फूल हो । मैले सधै टाउकामा गुलाबकै फूल लाउथँे । उहाँ स्वर्गीय भएपछि त्यो पनि चढाईदिएँ ।
खुट्टा टेक्दा राम्रोसित टेक्नु । संगठन बिस्तारका क्रममा जादाँ राम्रो मान्छेको साथमा जानू एक्लै नहिँड्नु भन्नुहुन्थ्यो । उहाँले सम्झाएको अहिले झै लाग्छ । अन्तिम अवस्थामा भेट्न गएकी थिएँ । नजिकै बोलाउनुभयो । ‘सधै देशलाई माया गर्नु, तेरो उमेर छ, बचेर हिँड्नु भन्नुभयो ।’ मैले हुन्छ भनेँ । केही भन्न सकिनँ, आँखाभरि आँसु भयो ।
सान्दाइले सधैभरि सुसिला (बिपीकी पत्नी) सँग हाँसो ठट्टा गर्नुहुन्थ्यो । आफ्नी श्रीमतीलाई ‘घुम्न फुर्सद भएन, म देशको बिषयमा चिन्तित छु’ भन्नुहुन्थ्यो । जीवनमा बिपीसँग निकट रहेर काम गरेँ । उहाँ सधै पार्टीभन्दा पनि समग्र जनताको हकहितको लागि अगाडि बढ्नुभयो । ‘सर्वोजन हिताय, सर्बोजन सुखाय’ अर्थात सबैको हित होस् सबैको कल्याण होस् भन्ने सिद्धान्त उहाँको थियो । २०३६ सालपछि हुनुपर्छ उहाँसँगै बसेको बेला पारिवारिक गफ भइरहेको थियो । सुशीला भाउजूलाई मैले भावी भन्थेँ । सान्दाइसँग मैले भावीको कुनै इच्छा होला सान्दाइ भनेकी थिएँ । उहाँले ‘मैया मैले सुशीलालाई केही गर्न सकिनँ त्यो सोझी छ, मेरो अन्तिम अवस्था भयो, तिमीले माया गर्नू’ भन्नुभयो । उहाँले ,‘तिम्रो जग्गा धेरै छ ,एक टुक्रा सुशीलालाई दिनू ल’ भनेर भावीको हात मेरो हातमा राखिदिनुभयो । मैलै ‘हुन्छ सान्दाइ त्यो पीर नगर्नू’ भनेँ । मैले भावीलाई जग्गा दिने संकल्प गरेकी थिएँ । त्यही कुरा सम्झेर डा. शशाङक कोइराला प्रमुख अतिथि भएको एक कार्यक्रममा चितवनको नारायणगढमा रहको मेरो पैतृक सम्पत्तीको केही जग्गा दिन तयार छु बिपीलाई दिएको बचन पूरा गर्नुछ भनेँ । तर छोरा शशांक त्यो विषयमा कुनै वास्ता गर्दैनन् । सुशीला भावी पनि स्वर्गीय हुनुभयो । मैले बिपीलाई दिएको बचन पूरा गर्नुछ । यो विषयमा मैले भदा प्रेमकुमार श्रेष्ठ र छोरा टंकनाथ पौडेललाई सबै अवगत गराएकी छु ।
राजनीतिमा उहाँको योगदानको चर्चा त म जति गरे पनि सक्दिनँ । जेलबाट छुटेपछि बिपी गणेशमान , किसुनजीहरु देवघाट मेरो कुटी आउनुभयो । देवघाटको प्राकृतिक सौन्दर्य देखेर उहाँ निकै लोभिनु भएको थियो । चौतारीमा बसेर उहाँले किसुनजीलाई ‘यस्तो भएर पो मैयाले हामीलाई बिर्सेकी रहिछ है किसुनजी’ भन्नुभएको थियो । साढे ३ वर्ष म गुफामा बसेकी थिएँ, त्यसबेला कसैसँग भेटघाट फोन सम्पर्क केही थिएन । बिपीसहित तिनै जना नेता गुफामा जानुभयो । त्यसबेला बिपीले म गुफा बसे नजिकको देवघाटको जग्गा देखाउँदै ‘त्यो जग्गा मलाई देऊ न मैया’ भन्नुभयो । मैल ‘किन र सान्दाइ ?’ भनेर सोधेँ । अनि भने, ‘हजुरलाई यो जग्गा के काम ? किन चाहियो हजुरलाई ?’ उहाँले भन्नुभयो, ‘म यहाँ सानो झुपडी बनाउँछु , माटोमो दियो बाल्छु, अनि म किताव लेखेर बस्छु देऊ न है, म अरु कसैलाई दिन्नँ, म यहाँ बस्न पाए धेरै किताव लेख्न सक्नेछु मिलाऊ है मैया ।’ मैले ‘भइहाल्छ नि सान्दाइ’ भनेँ ।
त्यसैबेला हो, किसुनजीले त्यही ठाउँमा अलिकति खन्नुभयो बिपीले शिलान्यास गर्नुभयो । तर त्यो जग्गा त्यसै छ । बिपीको कुटी बनाएर बस्ने सपना त पूरा हुन सकेन । त्यो ठाउँमा केही बन्न पनि सकेको छैन । धरै आए मसँग त्यो जग्गा माग्न तर कसैलाई दिइन । बिपीका नाममा पुस्ताकालय बनाउने सोंच बनाएकी छु । पुस्तकालय बनाएपछि उहाँको आत्माले शान्ती पाउनेछ । अहिले त त्यो ठाउँ र चौतारी सुरक्षित छ । केही विग्रेको छ मर्मत गर्नुछ । मैले गिरिजाबाबुसँग त्यहाँ बिपीको सालिक बनाउँछु भनेकी थिएँ । उहाँले तपाईले पैसा नलगाउनुस् म बनाउँछु भन्नुभाथ्यो । गिरिजाबाबु पनि स्वर्गीय हुनुभयो । अहिलेसम्म त्यत्तिकै छ । यस विषयमा दिलेन्द्र बडु, शुसिल कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवा सबैलाई भनेकी छु । तर पार्टीले चासो नदिदाँ बिपीले संकल्प गरेको कुरा अधुरै छ ।
बिपी गायत्रीको उपासक हुनुहुन्थ्यो । हामीलाई गायत्रीको उपासना गर्न भन्नुहुन्थ्यो । उहाँ अन्र्तमुखी र भविष्यबाणी समेत गर्नुहुन्थ्यो । गरिब किसानको पक्षमा हुनुहुन्थ्यो प्रत्येक घरमा हलो र गोरु हुनुपर्छ भन्नुहुन्थ्यो । भविष्यका द्रष्टा हुनुहुन्थ्यो । अहिले बिपीले प्रतिपादन गर्नुभएको प्रजातन्त्र, समाजबाद, आदर्श, मुल्य र मान्यता विश्वले अंगिकार गरेको छ । आज बिपीले जे भन्नुभएको थियो, त्यही भएको छ । ‘कलिमा सुकिला मुकिला’ हरु अगाडि आउँछन् । पार्टी कमजोर हुन्छ संगठन कमजोर हुन्छ अरुको हातमा शासन सत्ता जान्छ त्यसपछि काँग्रेस उठ्नेछ भन्नुहुन्थ्यो, त्यसै अनुसार भएको छ । अव काँग्रेसले म भन्न छाडेर हामी भन्ने भावना लिनुपर्छ । जसले टिकट पाए पनि एक भएर पार्टीको नीति सिद्धान्त आदर्श मुल्य र मान्यतामा रहेर जनप्रतिनिधिले काम गर्नु जरुरी छ । नेपाली काँग्रेसले देशमा शान्ती सुरक्षा कायम गरी गरिब जनताको पक्षमा लाग्नुपर्छ ।
नेपाली काङ्ग्रेसकी नेता तथा साधक मैंया देवी श्रेष्ठले लामो समय महामानव वीपी कोइरालाको निकट रहेर बटुलेका अनुभवलाई बिपीका बारेमा प्रकाशोन्मुख कृतिका लागि पत्रकार सरीता पौडेलले तयार पारेको सामग्री ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्