मा प्रकाशित
समयले भ्रम पकाएर
भोकको थालमा पस्किदिएको छ
पसिनाको दाल
जिम्मेवारीको भात
कर्तव्यको तरकारी( पाकेकै छन्
मेहनतको मासु
हाँसोको चटनी ( बन्दै छन्
ए१ धैर्य गर धैर्य
जङ्गली फूलहरुको सलाद तयार हुँदैछ
केहीछिन मै पुरापुर पाक्नेछ
भोकका लागि मिष्ठान्न भोजन
त्यसपछि
भोक सदा(सदाका लागि अघाउनेछ
सरकारले
भोजनमा अलिकति जहर मिसाइदिएको छ।