गजल  – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

गजल 

    मा प्रकाशित


हिजोआज मन्दिरका पुजारी बिग्रिदैछन् ।
रोजगारी नभएर बेरोजगारी बिग्रिदैछन् ।।

एक्काईसौं शताब्दीमा आएर पो होकी
पुरुष मात्रै होईन अब नारी बिग्रिदैछन् ।।

यो देशको कानुन नै बलियो नभएपछि
सरकारका हरेक कर्मचारी बिग्रिदैछन् ।।

संरक्षण कसैले नि नगर्दा आजभोली
पुराना मठ,मन्दिर चौतारी बिग्रिदैछन् ।।

बन्दको चरम मारमा परेपछि कृषकहरु
उत्पादन गरेका सबै तरकारी बिग्रिदैछन् ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्