गजल – Kanika Khabar
Friday, March 29Nepali News Portal

गजल

    मा प्रकाशित

म व्यर्थै परेको छु भरमा कसैको
उ रम्दै रहेछ अधरमा कसैको

कहाँ हुन्छ यात्रा हजुरले भने झैँ
म जाँदैछु टाढा शहरमा कसैको

चढायौ सलामी जलेको मुटुमा
उडायौ खरानी बगरमा कसैको

वियोगान्त भो यो नमीठो कहानी
म देख्दैछु अश्रु नजरमा कसैको

बढारेर फाल्ने कसिङ्गर नसम्झे
बदल्नेछु भाग्य सफरमा कसैको

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्