ओसाकालाई दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि – Kanika Khabar
Friday, April 19Nepali News Portal

ओसाकालाई दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेका छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेका हुन् । पहिलो सेट ६–१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जिते । उनले ६–३ , ६–३ ले बाँकी सेट आफ्नो पक्षमा पार्दै ट्रफी उचालेका हुन् । सन् २०१३ पछि पहिलो पटक ग्राण्ड्सलामा फाइनल पुगेकी अजारेन्काले उपविजेतामै चित्त बुझाए । ओसाकाले यसअघि सन् २०१८ मा पनि युएस ओपन जितेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्