वडा सदस्य विस्टमाथि भएकाे हातपातकाे राेल्पा काङ्ग्रेद्वारा निन्दा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

वडा सदस्य विस्टमाथि भएकाे हातपातकाे राेल्पा काङ्ग्रेद्वारा निन्दा

    मा प्रकाशित

कनिका खबर
भदाै २९, दाङ ।
राेल्पा जिल्लाकाे सुनिलस्मृति गाउँपालिका वडा नं. ३ काे वडा सदस्य तेजकुमारी विस्टमाथि भएकाे हातपातको राेल्पा काङ्ग्रेसले निन्दा गरेकाे छ ।
भदाै २७ गते वडा नं. ३ मा रहेकाे घायथान मन्दिरकाे फिल्ड तथा कम्पाउन्ड वाल निर्माणका लागि बसेकाे वडा कार्यालयकाे बैठकपश्चात सत्तारूढ दलका ४/५ जनाकाे समूहमा रहेका युवाहरूले महिला सदस्य विस्टमाथि हातपात गरेका थिए ।
नेपाली काङ्ग्रेस जिल्ला सभापति अमरसिंह पुनमगरले एक विज्ञप्ति जारी गरी घटनाकाे निन्दा गर्दै दाेषीमाथि कारवाहीकाे माग गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ, ` यस्ताे कार्य अमानवीय र निन्दनीय मात्र नभई दुई तिहाईकाे दम्भ हाे । ´

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्