नेविसंघको पहलमा रक्तदान – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेविसंघको पहलमा रक्तदान

    मा प्रकाशित

सञ्जिव पछाइ
भदौ ३०, दाङ ।

नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ दाङको पहलमा आज मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दाङमा रगतको कमी भएपछि रगत चाहिने बिरामीका लागि समस्या आउन थालेपछि नेविसंघले आफूलाई सामाजिक जिम्मेवारीका रुपमा उभ्याएको हो ।

दाङको ब्लड बैंकमा रगतको अभाव भएको र रगत आवश्यक परेका बिरामीका लागि सकस हुन थालेपछि ब्लड डोनेसन कार्यक्रमको आयोजना गरेको नेविसंघले जनाएको छ ।

कार्यक्रममा २७ जनाले रक्त दान गरेका थिए । विद्यार्थी हकहितका लागि काम गर्दै आएको नेविसंघ पछिल्लो चरणमा सामाजिक उत्तरदायित्वका काममा पनि सक्रिय रहँदै आएको छ । रक्त दान नै जीवन दान हो भन्ने मान्यतालाई शीरोधार्य गर्दै रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनी रगतको कमी हुन नदिनका लागि यस्तो कार्यक्रमको आयोजना गरेको नेविसंघले जनाएको छ ।

नेविसंघ इकाइका सभापति शिवराज खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव कुलराज पोख्रेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्