न्युसिपिसिको कोभिड १९ प्रतिकार्य कार्यक्रम – Kanika Khabar
Thursday, April 25Nepali News Portal

न्युसिपिसिको कोभिड १९ प्रतिकार्य कार्यक्रम

    मा प्रकाशित

कनिका खबर
तुलसीपुर, भदौ ३१ ।
दाङ जिल्लाको तुलसीपुर उप–महानगरपालिका, युनिसेफ नेपाल र नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्युसिपिसि)को सहकार्यमा तुलसीपुर उप–महानगरपालिका भित्र संचालन भैरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको समन्वयमा प्रादेशिक अस्पतालको सभा हलमा समन्वय वैठक सम्पन्न भएको छ ।
कोभिड १९ प्रतिकार्य कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल तुलसीपुर दाङको लागि खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी कार्यक्रम संचालन गर्न लागिएकोमा आवश्यक गतिविधिहरुबारे छलफल गरी छनौट गर्ने उद्धेश्य बमोजिम वैठकको आयोजना गरिएको न्युसीपिसी दाङका उपाध्यक्ष विजय केसीले जानकारी दिए । समुदायको हकहितको लागि विभिन्न संस्थाहरुसँगको समन्वय र सहकार्यमा कार्य गर्न आफ्नो संस्था हर समय लागि रहने उनको भनाइ थियो ।
कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उप–महानगरपालिकाका कार्यवाहक नगर प्रमुख माया शर्माले पालिका भित्रका कोभिड १९ प्रतिकार्य लगायत विभिन्न कार्यक्रमहरुमा सरकारी तथा गैरसरकारी निकायहरुको समन्वय तथा सहकार्य हुनुपर्ने बताइन् ।
विशिष्ट अतिथि प्रादेशिक अस्पताल बिकास समिति तुलसीपुरका अध्यक्ष पदम प्रसाद न्यौपानेले अस्पतालको संरचना निर्माणको लागि वर्तमान तथा भविष्यमा युनिसेफ तथा न्युसीपिसिबाट अपेक्षा रहेको बताए ।
तुलसीपुर उप–महानगरपालिका डिआरआर उपसमिति संयोजक तथा वडा नं ६ का अध्यक्ष नवराज लामिछानेले कार्यक्रम अन्तर्गत गरिने क्रियाकलापहरु समयसिमाभित्र प्रभावकारी रुपमा संचालन गरी स्थानीय जनताको सेवामा लाग्नु पर्ने भनाई राखेका थिए ।

अस्पतालका निमित्त प्रमुख शर्वेस शर्माले अस्पतालमा खानेपानी सरसफाई तथा स्वच्छताको लागि आवश्यक संरचनाको निर्माण तथा मर्मत गर्ने कार्यमा सहयोग गरी विरामी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि सहज बातावरण निर्माणमा सहयोगको लागि कार्य गर्नुपर्ने भनाई राख्नुभएको थियो ।
अस्पतालका मेट्रोन रमा पराजुली, हेल्थ असिस्टेन्ट द्रोण प्रसाद वली, कोभिड १९ फोकल पर्सन विमल केसी, न्युसीपिसि कार्यसमिति सदस्य तुफानबाबु श्रेष्ठ तथा नेपाल रेडक्रस सोसाईटी दाङका अधिकृत विश्राम अधिकारी लगायतको उपस्थिति रहेको उक्त वैठकको सहजिकरण कार्यक्रम अधिकृत विनोद कुमार शर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्