घोराही उपमहानगरपालिका असोज ४ गतेसम्म सिल – Kanika Khabar
Friday, April 19Nepali News Portal

घोराही उपमहानगरपालिका असोज ४ गतेसम्म सिल

    मा प्रकाशित

कनिका खबर
भदौ ३१, दाङ ।
दाङको घोराही उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना देखिएपछि उपमहानगरपालिका सिल हुने भएको छ । हिजो मंगलबार उपमहानगरपालिकाका ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि आज भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने कार्यालयले जनाएको छ ।

‘कार्यालका ६ जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालयबाट सेवा प्रवाह गरिने स्वास्थ्य सेवा, विपद् ब्यवस्थापन र सरसफाई सेवा लगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आजदेखि असोज ४ गतेसम्म स्थगित गरिएको छ’ कार्यालयका प्रमुख प्राशासकीय अधिकृत ऋषिराम केसीद्वारा जारी सूचनामा भनिएको छ ।

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्