बैतडीको पञ्चेश्वर गाउँपालिकामा पठनपाठन सुरु – Kanika Khabar
Friday, April 19Nepali News Portal

बैतडीको पञ्चेश्वर गाउँपालिकामा पठनपाठन सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ४, बैतडी ।
कोभिड १९ को महामारीका कारण लामो समयसम्म बन्द रहेका विद्यालयहरु बिस्तारै सञ्चालनमा आउँदै छन् । नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुल्न थालेको हो । निर्देशिका जारी भएपश्चात देशका विभिन्न स्थानमा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् त कतिपय विद्यालयहरु सञ्चालनको तयारी गरिरहेका छन् ।
यसैबिच लामो समय पछि बैतडीको पञ्चेश्वर गाउँपालिकामा पठनपाठन सुरु भएको छ । कोभिड–१९ का कारण लामो समय बन्द भएका विद्यालयहरु आज आईतबारदेखि सञ्चालनमा आएका छन् । पञ्चेश्वरमा जेठ यता कोरोना संक्रमित नदेखिएपछि गाउँपालिकाले सबै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर विद्यालयहरु सञ्चालन गरेको जानकारी दिएको छ ।

शिक्षक, विद्यार्थी सबैले समाजिक दूरी कायम गर्नुका साथै मास्क र सेनेटाइजरको प्रयोग गरेर विद्यालय सञ्चालन भएको गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताएका छन् । एउटा कक्षामा २० जना विद्यार्थी मात्रै राखिने अध्यक्ष चन्दले बताए । बढी विद्यार्थी भएका कक्षाहरुलाई दुई,तीन समुहमा विभाजन गरी मुख्य विषयहरु मात्रै पढाइने उनले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिकामा ३५ विद्यालयमा करीब ७ हजार विद्यार्थीहरु अध्ययनरत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्