सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निकासा माग – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब निकासा माग

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
लामो समयसम्म तलब निकासा नभएपछि प्रदेश नं. ५ का सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले तलब निकासाको माग राखेका छन् । उनीहरुले हिजो सोमबार प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफुहरूको तलब निकासा सहितको माग राखि ध्यानाकर्षण पत्र बुझाएका हुन् । अहिलेसम्म शिक्षण सिकाई अनुदानको रकम निकासा नभएपछि उनीहरुले ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिएका छन् ।

पहिलो चरणमा देशैभरिका शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षण बुझाउने कार्यक्रम भइसकेको र दोस्रो चरणमा प्रदेशमा ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत यो कार्यक्रम रहेकोे बताएका छन् ।
सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी , गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा नगरेपछि शिक्षकहरु आन्दोलित बनेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्