आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात

    मा प्रकाशित

एजेन्सी
असोज ६, दाङ ।
युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ ।दुबईगयराति भएको खेलमा सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै बैंगलोरले सुखद सुरुवात गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट रङ्गशालामा बैंगलोरले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो ।
हैदराबादका लागि जोनी बिस्ट्रोले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सक्नुभएन । यस्तै मनिस पाण्डेले ३४ तथा प्रियाम गर्गले १२ रन बनाउनुभयो । बैंगलोरका लागि युजभेन्द्र चाहलले ३ विकेट लिए । शिवम दुबे र नभदिप सैनीको नाममा २÷२ विकेट रह्यो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।बैंगलोरका लागि डेभदत्त पडीक्कलले ५६ रन बनाउँदा र एबी डी भिलियर्सले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बैंगलोरले पहिलो खेलमा २ अंक जोडेको छ । हैदराबादले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आज चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । सारजाह स्थित क्रिकेट मैदानमा, नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुने खेलमा चेन्नई लगातार दोस्रो जितको खोजीमा हुनेछ भने, राजस्थापन जितका साथ प्रतियोगिताको सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्