विद्यालय सञ्चालनको वातावरण बनाउन माग – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विद्यालय सञ्चालनको वातावरण बनाउन माग

    मा प्रकाशित

दाङ,८ असोज । विद्यालय सञ्चालनको वातावरण बनाउन दाङमा क्रियाशील तीन विद्यार्थी संगठनहरुले आग्रह गरेका छन् ।

वैकल्पिक शिक्षाका नाममा सञ्चालन भएका अनलाइन कक्षा प्रभावकारी नभएका भन्दै विद्यार्थी संगठनहरुले आवश्यक स्वास्थ्य सतर्कता अपनाउदै सबै शैक्षिक संस्थाहरू संचालनको वातारण तयार गर्न आग्रह गरेका हुन् ।

अनेरास्ववियू, नेविसंघ र अखिल (क्रान्तिकारी)को विहिवार घोराहीमा बसेको संयुक्त बैठकले भौतिक रुपमा कक्षा सञ्चालन नहुँदै विद्यार्थीसँग शुल्क लिने विद्यालयलाई कारवाही गर्न समेत आग्रह गरेको छ ।

त्यसैगरी बैठकले सामुदायीक तथा निजी विद्यालयमा बनाइएका क्वारेन्टाइन अन्य स्थानमा व्यवस्थापन गर्न समेत माग गरेको बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै निजी तथा सामुदायिक विद्यालयहरुले दिदै आएको छात्रवृत्तिलाई वृद्धि गरि बैज्ञानिक र व्यवहारीक मापदण्ड बनाई निष्पक्ष, पारदर्शी ढंगले कार्यान्वयन गर्न समेत माग गरेको छ ।

जिल्लामा निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी अभिलेखीकरण गर्ने नाममा अभिभावक र विद्यार्थीहरुलाई तत्काल भर्ना शुल्क र मासिक शुल्क ल्याएर विद्यालयमा उपस्थित हुन उर्दी जारी गरेको र शुल्क नबुझाए सिकाई सहजीकरणमा सहभागी नगराउने चेतावनी दिने गरेको भन्दै उक्त कार्य तत्काल रोक्न माग गर्दै विद्यार्थीलाई शिक्षण सिकाईमा सहभागी गराउनलगायतका माग गरेको अनेरास्वीयूका संयोजक जंग रोकाले जानकारी दिएका छन् ।

अनेरास्ववियू दाङका संयोजक जंग रोका, नेपाल विद्यार्थी संघका कार्यावाहक अध्यक्ष टोपबहादुर बुढाथोकी र अखिल क्रान्तिकारीका अध्यक्ष अनिल केसीले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोना महामारीका कारण अलपत्र परेका विद्यार्थी, गरिव तथा विपन्न मजदुररुको घरभाडा छुटलगायतका राहत प्याकेज घोषणा गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत निजी श्रोतका शिक्षक र कर्मचारीहरु र निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुलाई तलवको व्यवस्था गर्न समेत माग गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्