‘युवालाई जिम्मेवारी देऊ’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

‘युवालाई जिम्मेवारी देऊ’

    मा प्रकाशित

अमरराज आचार्य
दाङ, १२ असोज ।
युवाहरुले आफूहरुलाई जिम्मेवारीको अवसर दिन माग गरेका छन् । नेपाल विद्यार्थी संघले घोराहीमा गरेको नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा युवाहरुको भूमिका विषय अन्तत्र्रिmया कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले युवाहरुसँग क्षमता, शक्ति भएकाले हरेक कार्यमा सफलता हाँसिल गर्न सक्ने बताएका थिए । पार्टीले युवाहरुलाई परिचालन गर्ने मात्र नभई जिम्मेवारी पनि दिनुपर्ने बताएका थिए । युवाहरु पनि आप्mनो भूमिका लिन सक्रिय बन्नुपर्ने सहभागीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य तथा पूर्व सांसद राजु खनालले हरेक क्षेत्रमा युवाहरुको आवश्यकता रहेको बताए । युवाहरुमा क्षमता र शक्ति हुने भएकाले पार्टीलाई अगाडि बढाउन सहज हुने बताए । संगठन सशक्त भएमा मात्र पार्टी बलियो हुने उनको भनाइ थियो ।

‘युवाहरुले समयको माग अनुसार पार्टीलाई अगाडि बढाउन सक्दछन्’ खनालले भने–‘पछिल्लो पुस्तालाई पार्टीमा आकर्षण गर्ने त्यसै अनुसारको नीति आवश्यक छ ।’ पार्टीलाई बलियो बनाउन सबैले आ–आफनो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्ने खनालले बताए ।

अरुलाई देखाएर आफू पन्छिने काम गर्न नहुने उनले बताए । इतिहासलाई भँजाएर खाने अवस्था नभएको भन्दै आप्mनो क्षमताका आधारमा जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो । अहिले दुइतिहाईको सरकारले नागरिकलाई राहत दिनेभन्दा पनि पीडा दिने काम गरिरहेको उनले बताए । दुइतिहाईको सरकारले नागरिकलाई अधिकार दिने भन्दा पनि अधिकार खोस्नथालेको उनले आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति कमानसिंह भारतीले उमेरको आधारमा मात्र नभई सक्रिय र सक्षमलाई जिम्मेवारी दिनुपर्ने बताए । हरेक परिवर्तनमा युवाहरुको भूमिका रहेको उनको भनाई छ । नेपाली कांग्रेसलाई बलियो बनाएर अगाडि बढाउन युवाको आवश्यकता रहेको उनले बताए ।

नेपाली कांग्रेसका ज्येष्ठ राजनीतिज्ञ सभाकाका सदस्य देवीबहादुर डिसीले युवाहरुलाई सही रुपमा परिचालन गर्ने नेतृत्वले ध्यान दिनुपर्ने बताए । युवाहरुलाई सही रुपमा परिचालन गर्नसकेमा पार्टी तथा देशको विकासमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा महिला विभागका सदस्य सुशीला थापा, शिक्षा विभाग सदस्य चिन्ताबहादुर बुढाथोकी, यातायात विभाग सदस्य ध्रुव केसी, नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भूपबहादुर डाँगी, नेपाली कांग्रेसका नेताहरु निर्मल न्यौपाने, यज्ञनारायण आचार्य, प्रदीप खडका, नेपाल विद्यार्थी संघका पूर्व जिल्ला अध्यक्ष दीपक पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष बसन्त जोशी, दलित संघका जिल्ला अध्यक्ष बाबुराम विक, दलित संघका पूर्व जिल्ला अध्यक्ष खेमराज विकलगायतले भनाई राखेका थिए ।

कार्यक्रम तिलक रावतको अध्यक्षतामा भएको थियो । दाङ प्यूठान सम्पर्क मञ्चका उपाध्यक्ष हुमलाल भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल विद्यार्थी संघ प्यूठानका सदस्य पारस भण्डारीले गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रले मनोनय गरेका विभिन्न विभागका सदस्यहरु तथा कोरोना संक्रमणको समयमा पनि अग्रस्थानमा रहेर आफू सुरक्षित रहेर जनतालाई सुसूचित गराउने प्रजातन्त्रप्रति आस्था राख्ने पत्रकारहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्