डक्टर क्वाटरबाट मोटरसाईकल चोरी – Kanika Khabar
Friday, April 19Nepali News Portal

डक्टर क्वाटरबाट मोटरसाईकल चोरी

    मा प्रकाशित

कनिका खबर
असोज १२, दाङ ।

दाङमा पछिल्लो समय मोटरसाईकल चोरीका घट्नाहरु बढेका छन् ।

फितलो सुरक्षा व्यवस्थासँगै बजारमा सिसि टिभीको राम्रो व्यवस्था नहुँदा जिल्लाका घोराही,तुलसीपुरलगायतका बजारहरुमा मोटरसाईकल चोरीका घट्नाहरु हुने गरेका छन् ।

यसैक्रममा पछिल्लो समय घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको डक्टर निवासमा राखिएको रा ५ प ४६६२ नम्वरको १५० सिसीको बजाज कम्पनीको पल्सर मोटरसाइकल चोरी भएको हो ।

पश्चिम रुकुम जिल्ला मुसिकोट नगरपालिका–२ निवासी भीमबहादुर वलीले प्रतिष्ठानको डक्टर निवासमा पार्किङ गरि राखेको अवस्थामा रातो कालो कलरको मोटरसाइकल मोटरसाइकल चोरी भएको हो ।

सिसि टिभी फुटेजका अनुसार यहि असोजको ७ गते करिव ६ : ४० देखि ७ :१० बजेको समयमा मोटरसाइकल चोरी भएको पीडित वलीले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्