सरकारले आन्तरिक पर्यटन मार्फत पर्यटकिय गतिविधी बढाउने – Kanika Khabar
Friday, March 29Nepali News Portal

सरकारले आन्तरिक पर्यटन मार्फत पर्यटकिय गतिविधी बढाउने

    मा प्रकाशित

कनिका खबर
असोज १२, काठमाडौं
सरकारले आन्तरिक पर्यटन मार्फत पर्यटकिय गतिविधी बढाउने तयारी थालेको छ । त्यसका लागि देश दर्शन योजना देखि हप्तामा दुई दिन विदा दिने सम्मको योजना बनेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईका अनुसार सरकारी कर्मचारीलाई घुम्न प्रेरित गर्ने लक्ष्यका साथ काम थालिएको छ । कम्तीमा एक वर्ष बाह्य पर्यटक आउने सम्भावना नरहेकाले आन्तरिक पर्यपटन प्रवर्धन गर्नुको विकल्प नरहेको मन्त्री भट्टराईले सीआईएनसँगको कुराकानीमा बताउनुभयो । उहाँले उच्च वर्ग र मध्यम वर्गलाई घुम्न पे्ररित गर्ने र उनिहरुले गर्ने खर्चले निम्न वर्गलाई रोजगारीको अवसर सिर्जना गर्ने गरी मन्त्रालयले काम थालेको बताउनुभयो । कोरोना महामारीको बीचमा पनि स्वास्थ्य मापदण्ड पूरा गर्दै पर्यटकिय गतिविधी सुरु गर्नैकै लागि होटल व्यवसाय खोलिएको, आन्तरिक हवाई सेवा सुरु गरिएको र अब हिमाल आरोहण पनि खोल्ने तयारीमा रहेको मन्त्री भट्टराईको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्