सुनसरीकी मीना राईको हत्या गरेको अरोपमा एक जना पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

सुनसरीकी मीना राईको हत्या गरेको अरोपमा एक जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज १२, सुनसरी ।
सुनसरीकी मीना राईको हत्या गरेको अरोपमा एक जना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो ।

त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्