ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख बढी राहत प्रदान – Kanika Khabar
Thursday, March 28Nepali News Portal

ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख बढी राहत प्रदान

    मा प्रकाशित

कनिका खबर
असोज १२, बाग्लुङ ।
बाग्लुङका बाढी पीडितलाई २७ लाख बढी राहत प्रदान गरिएको छ । जिल्लाको गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको हो ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर हिजो आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।

गलकोटका नगर प्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन् ।

सांकेतिक तस्बीर

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्