‘मास्क सारथि’ को मास्क अभियान जिल्ला बाहिर पनि, आज कपिलबस्तु पुगे ‘मास्क म्यान  – Kanika Khabar
Friday, March 29Nepali News Portal

‘मास्क सारथि’ को मास्क अभियान जिल्ला बाहिर पनि, आज कपिलबस्तु पुगे ‘मास्क म्यान 

    मा प्रकाशित

 

कनिका खबर

असोज १२, दाङ ।

 

निशुल्क मास्क वितरणको अभियान थालेका ‘मास्क सारथि’ बिरु खत्रीले अभियानलाई जिल्ला बाहिर पनि बिस्तार गरेका छन् । आज सोमबार ‘मास्क सारथि’ खत्रीले छन्द (काले बाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्ज कपिलबस्तुमा मास्क वितरण गरेका छन् । दाङ जिल्लामा थालेको निशुल्क मास्क वितरण अभियानलाई जिल्ला बाहिर पनि बिस्तार गर्ने योजनाबमोजिम उनले कपिलबस्तुमा वितरण गरेका हुन् ।
पछिल्लो चरणमा स्वास्थ्य चौकी लयायत स्वास्थ्य संस्थामा मास्क वितरण गर्दै आएका छन् । नेत्रज्योति संघ अन्तर्गत राप्ती आँखा अस्पताल, रक्षाचौर दाङ, घोराही आँखा उपचार केन्द्र, लमही आँखा अस्पतालमा यसअघि नै मास्क वितरण गरिसकेका छन् ।

साथै नारायणपुर स्वास्थ्य चौकी, धर्ना स्वास्थ्य चौकी,ढिकपुर स्वास्थ्य चौकी र डुरुवा इलाका हेल्थ पोस्टमा पनि यसअघि उनले मास्क वितरण गरिसकेका छन् । हालसम्म उनले ६० हजारभन्दा बढी मास्क वितरण गरिसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्