मैतीको निःशुल्क उपचार – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

मैतीको निःशुल्क उपचार

    मा प्रकाशित

दाङ १२ असोज ।

अपागता मैती घर्ती पछिल्लो समय पाठेघर दुख्ने समस्याले आक्रान्त थिइन् । घोराही १६ खिरिटियामा देवरको घरमा बस्दै आएकी मैतीको लोग्ने समेत अपांग छन् ।

दुबैजना बोल्न सक्दैनन् । आफन्त कोही नभएका कारण रोग पालेर बस्न बाध्य भएको समयमा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडित र गणतन्त्र दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माको पहलमा मैती घैतीको उपचार भएको छ ।

घोराहीस्थित मध्यपश्चिम पोली क्लिनिकका संचालक महावीर जिसीले मैतीको सम्पूर्ण उपचार निःशुल्क उपचार गरिदिएका हुन । मध्यपश्चिम पोली क्लिनिकमा प्रसुती रोग विशेषज्ञ अनुपमा शर्माले मैतीको स्वास्थ्य जाँच गरेकी थिइन । परिवार नियोजनको साधन कपर टि को प्रयोगले मैतीको पाठेघरमा घाउ भएको डा. शर्माले वताइन ।

डा. शर्माले कपर टि निकाली दिएको र एक हप्तासम्मका लागि औषधि समेत दिएकी छिन् । क्लिनिक संचालक जिसीले स्वास्थ्य जाँचदेखि, भिडियो एक्सरे, पिसाब जाँच र औषधि सबै निःशुल्क गरिदिएका थिए ।

मैतीको स्वास्थ्यमा थप जटिल समस्या देखिएमा अप्रेशन लगायत थप उपचार र औषधि निःशुल्क उपलब्ध गराउने अस्पताल संचालकद्वय महाबीर जिसी र माधव भण्डारीले प्रतिबद्धता व्यक्त गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्