अपराधरहित समाजको निमार्णमा लाग्छु : प्रहरी निरीक्षक भट्ट – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

अपराधरहित समाजको निमार्णमा लाग्छु : प्रहरी निरीक्षक भट्ट

    मा प्रकाशित

ओमप्रकाश गुप्ता
भालुवाङ १३ असोज ।
इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले आफ्नो कार्यकालमा अपराध रहित समाजको निमार्ण गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौं श्रव्यदृश्य शाखाबाट भर्खरै सरुवा भएर दाङको भालुवाङमा आइपुगेका प्रहरी निरीक्षक भट्टले सोमवार कार्यालयमा राप्ती गाउँपालिका क्षेत्र भित्रका पत्रकारहरुसँगको भेटघाट, चियापान तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् । उनले राप्ती गाउँपालिका सहित आफ्नो कार्यक्षत्रभित्र शान्ति सुरक्षा अमनचयन कायम राख्ने बताए । उनले समाजमा हुने अपराधिक क्रियाकलाप हत्या, हिंसा, दुर्घटना लगायतका विषयमा विभिन्न सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरुसँग परामर्श लिने पनि बताएका छन् । प्रहरी निरीक्षक भट्टले जनचेतनामुलक कार्यक्रमबाट अपराध रहित सभ्य समाजको निमार्ण गर्ने योजना रहेको पनि बताए । साथै उनले प्रहरीको आचार र व्यवहारमा परिवर्तन गरी नागरिक र प्रहरी बिचको सम्बन्धलाई नङ मासुको जस्तै बनाउने तथा प्रहरी साझेदारी कार्यक्रम अनुसार अगाडि बढ्ने, कसैको दवाफमा नपरी पुर्वग्राही तरिकाले अनुसन्धान गर्ने, पीडितलाई न्याय तथा पीडकलाई कडा कारवाही गर्ने पनि बताएका छन् । भने केही घटना समाजबाट मिल्ने खालका भए समाजकै अग्रजहरुको सल्लाह सुझाव अनुसार मिलाउने पनि बताएका छन् । पत्रकार भेटभाट कार्यक्रममा देउखुरी टुडे पत्रिका, अनलाइन, टिभी तथा युटुवका प्रकाशक सम्पादक सन्तोषकुमार गुप्ता, राप्ती दर्पण टेलिभिजनका समाचार प्रमुख ओमप्रकाश गुप्ता, एवीसी सञ्चार तथा न्युज २४ अनलाइनका प्रतिनिधि विदुर एम.सी, राप्ती अनलाइनका भिसुन शाही, राप्ती पोष्टका प्रतिनिधि जमिर शाह, पत्रकारहरु सन्तोष थापा, रितु राना लगायतका सहभागिता रहेको थियो । केही दिन अघि इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक गंगाबहादुर सारुको संघीय प्रहरी कार्यालय भैरहवा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखको रुपमा भट्ट आएसँगै पहिलो पटक पत्रकारहरुसँग भेटघाट गरेका हुन् । उनले आजैबाट कामकाज सुरु गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्