नेपालको लागि विश्व बैंकबाट १७ अर्ब ६४ करोड रुपैयाँ बराबरका परियोजना स्वीकृत – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

नेपालको लागि विश्व बैंकबाट १७ अर्ब ६४ करोड रुपैयाँ बराबरका परियोजना स्वीकृत

    मा प्रकाशित

कनिका खबर
असोज १३, काठमाडौँ ।
विश्व बैंकले आज नेपालको शहरी सेवा प्रवाह सुधार तथा पूर्वाधार विकास सम्बन्धी १ सय ५० मिलियन डलर १७ अर्ब ६४ करोड रुपैयाँ बराबरका परियोजना स्वीकृत गरेको छ । विश्व बैंकले संघीयता कार्यान्वयन प्रभावकारी बनाउने उद्देश्यसहित स्वीकृत यी परियोजना कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित भएको अर्थतन्त्रलाई माथि उकास्न समेत महत्वपूर्ण सावित हुने विश्वास लिएको छ । खासगरी नगरपालिकाहरुको क्षमता अभिवृद्धि र पूर्वाधार विकासमा यो सहायता प्रयोगमा आउने छ । विश्व बैंकका नेपाल, श्रीलंका तथा माल्दिभ्सका लागि निर्देशक फारिस हददजार्भोसले तीब्र शहरीकरण, संघीयता र कोभिड १९ को सन्दर्भमा नेपाली शहरी इलाकाबाट हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउन र महामारीको प्रभाव कम गर्न समेत यी परियोजना महत्वपूर्ण हुने बताएका छन् । पूर्वी तराईका प्रदेश नं १ र २ का नगरपालिका तथा पश्चिममा गण्डकी प्रदेश र प्रदेश नं ५ का नगरपालिकाहरुमा परियोजना केन्द्रित हुने विश्व बैंकले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्