हामीले अङ्गालेको मुल मन्त्र “निष्पक्षता” हो – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

हामीले अङ्गालेको मुल मन्त्र “निष्पक्षता” हो

    मा प्रकाशित

प्रकाशकीय…

समाज परिवर्तनमा सूचनाले महत्वपूर्ण भूमिका खेल्छ नै । समाजका हरेक सूचनाहरुवाट सु–सुचित हुने अधिकार हामी सबैमा रहन्छ । समाजका हरेक गतिविधि समाचार बन्न सक्छन् र बन्नु पर्दछ भन्ने मान्यताका साथ “सूचना सवैका लागि” भन्ने उद्देश्य चयन गर्दै यस वर्षदेखि हामी सञ्चार क्षेत्रमा कनिका खबर (kanikakhabar.com) बाट प्रवेश गरेका छौं । हाम्रो यो यात्रा अहिलेको विषम परिवेशमा साच्चिकै चुनौति पूर्ण तथा कठिन छ । र पनि, तपाई शुभचिन्तकहरुको प्राप्त हुने निरन्तर साथ र सहयोगले यस क्षेत्रमा आइपर्ने जतिसुकै कठिन तथा चुनौतिपूर्ण अवस्थालाई सत्य तथ्य सूचना सम्प्रेषण गर्ने अवसरको रुपमा सदुपयोग गर्न उत्प्रेरणा हामीलाई मिल्नेछ भन्ने विश्वास लिएका छौं ।

पत्रिका प्रकाशनको शुभारम्भसंगै हामीले अङ्गालेको मुल मन्त्र “निष्पक्षता” हो । मुल मन्त्र पत्रिका निर्माणमा चट्टान झै मजवुत हुनेछ । सगरमाथाझै उँचो भएर बस्नेछ । आम पाठक वर्गलाई निष्पक्ष तथा यथार्थपरक सूचनाको सवालमा मूल मर्मबाट रत्तिभर पनि विचलित नभइ सत्य तथ्य र यथार्थलाई पाठकसामु पु¥याउनु नै हाम्रो पहिलो प्राथमिकता हुनेछ ।

मुलुक संघीय संरचनामा प्रवेशसंगै सिंहदरवारको अधिकार स्थानीय तहमा आएको छ । संघदेखि पूर्ण अधिकार प्राप्त स्थानीय तहले गरेका राम्रा र नराम्रा पक्षहरुलाई निष्पक्ष ढङ्गबाट आम पाठकसामु पस्कनु हाम्रो नैतिक तथा पेशागत धर्म हो । हाम्रो धर्मबाट रत्तिभर पनि विचलित नबनी वाटो बिराउनेहरुका लागि गरिने निरन्तर खवरदारी यही समाज तथा मुलक निर्माण र विकासका लागि हुनेछन् भन्ने विश्वास लिएका छौं ।

पत्रिका प्रकाशनको शुभारम्भसंगै हामीले अङ्गालेको मुल मन्त्र “निष्पक्षता” हो । मुल मन्त्र पत्रिका निर्माणमा चट्टान झै मजवुत हुनेछ । सगरमाथाझै उँचो भएर बस्नेछ । आम पाठक वर्गलाई निष्पक्ष तथा यथार्थपरक सूचनाको सवालमा मूल मर्मबाट रत्तिभर पनि विचलित नभइ सत्य तथ्य र यथार्थलाई पाठकसामु पु¥याउनु नै हाम्रो पहिलो प्राथमिकता हुनेछ ।

अन्त्यमा, हाम्रो पाईलाहरु अगाडि बढ्दै जाने क्रममा केही कमी कमजोरी हुन गएमा यहाँहरुले दिने सुझावहरुले आफूलाई माझन तथा निखार्नमा प्रयोग गर्ने नै छौं । साथै आम नागरिकको हित विपरीत जो कोहीले पनि गरेका कमी कमजोरीहरुलाई निष्पक्ष ढङ्गबाट आम पाठक समक्ष पु¥याउने प्रण गर्दै आउँदा दिनहरुमा थप हौसला प्रदान गरी अगाडि बढ्ने अवसर दिनुहुनेछ भन्ने पुर्ण आशा र विश्वास राखेका छौं ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्