ग्रामीण विकासमा हाम्रो भूमिका – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

ग्रामीण विकासमा हाम्रो भूमिका

    मा प्रकाशित

विकास आफैमा एक गतिशील तथा प्रगतिशील प्रक्रिया हो । विकास विनाको अवस्था र व्यवस्था हामी कल्पना पनि गर्न सक्दैनाँै सायद । समयको माग र आवश्यकतासँगै विकासको गति पनि परिवर्तन हुने गर्दछ । विकास रुपान्तरणकारी प्रक्रिया पनि हो । त्यसैमा पनि अझ वर्तमान समायमा विकाससँग जोडिएको दिगो विकासलाई पनि सँगसँगै लिन कसरी सम्भव छ, भन्ने कुरामालाई पनि विशेष जोड दिन आवश्यक छ । विकास केन्द्रीकृत नभई ग्रामीण क्षेत्रमा विकेन्द्रिकृत गरी तीव्र गतिका विकासको मुल फुटाउन आवश्यक छ । समाज दिन प्रति दिन रुपान्तरण र चलायमानको प्रक्रियामा छ । त्यससँगै ग्रामीण वस्ती तथा इलाकामा पनि विकास र निर्मार्णको गति तीब्रत्तर हुनु पर्दछ । समाज रुपान्तणको लागि हरेक क्षेत्रमा कुनै न कुनै रुपमा विकास हुनु पर्दछ ।
दिन प्रति दिन कुनै न कुनै रुपमा विकास त भई नै रहेको छ । तर जुन रुपमा ग्रामीण ईलाका वा क्षेत्रमा विकास हुनु पर्ने हो त्यो चाहिँ भएको पाइदैन । अरुले गरिदेला र हामीलाई सहज होला भन्ने मानसिताबाट विक्षिप्त हामी कहिलेसम्म हुने ? हामी काममा भन्दा नि गफगाफ र मौनतामा बढी रुमलिन पुगेका छौँ । अरुको मुख ताक्ने प्रवृतिले गर्दा सामान्य विकास निमार्णका कार्य पनि गर्न हामीलाई धौधौ परिराखेको अवस्था छ । हिजो जुन अवस्था थियो आज त्यो अवस्था अवश्य छैन नै । कसैले भोगेका,े कसैले देखेको र कसैले सुनेका कुरा पहिले पहिले ग्रामीण क्षेत्रका बाटो, घाटो, कुल कुलेसा, पुल पुलेसाको काम सामुहिक रुपमा ग्रामीण स्तरका जनसमुदाय मार्फत जनश्रमदानबाट नै हुने गर्दथो । तर आज सामान्य खानेपानीको पाईप जोडन नि हामी अरुको प्रतीक्षामा छौँ । हामी युवामा जोस जाँगर त छ तर हाम्रो जोस जाँगर खरानी भएको छ । अरुको परनिर्भरतामा रहने प्रवृतिको अन्त्य नै अहिलेको विकासको मुल विकल्पको आधार हो ।
हिजोभन्दा आज विकास त भएको छ र हुनु पनि पर्छ । यो विकासको सामान्य चरण पनि हो । तर सामान्य विकास निमार्णको काम पनि अरुको निर्भरतामा भएको छ । बुहसंख्यक जनसंख्या ग्रामीण क्षेत्र भएको कुरा हामी सबैलाई सर्ववितितै छ । ग्रामीण इलाकामा बस्ने हाम्रो जमात पनि ठुलै छ । त्यसका पनि युवा पुस्ताको संख्या पनि धेरै छ । आज आज भोलि भोलि जसरी हुन्छ हाम्रो जोस र जाँगर ग्रामीण पूर्वाधार विकासमा केही प्रतिशत भए पनि लगाउन र खर्च गर्न सकियो भने नि सरकारको लागि र हामै्र समाजको लागि पनि धेरै राम्रो हुने थियो । परनिर्भरताको बाटो छाडी आफनो ठाउँ आफै बनाऔँ भन्ने उद्देश्य राख्यो भने विकास निमार्णको कार्यले अवश्य गति लिन्छ होला ।
ग्रामीण क्षेत्रको युवा पुस्ताको अगुवाईमा विकास गरी ग्रामीण क्षेत्रलाई थप हराभरा र कृषि उत्पादन तथा पकड क्षेत्रको रुपमा विकास गर्नुपर्छ । ग्रामीण क्षेत्रको उर्जारुपि माटोलाई उत्पादनशील क्षेत्रमा प्रयोग गरी कृषिमा आधुनिकीकरण ल्याई ग्रामीण क्षेत्रबाट पलायन हुने भन्दा नि आकर्षण गर्ने थलोको रुपमा विकास गर्नुपर्छ । पर्याप्त स्रोत साधन हुँदाहुँदै पनि अरुको आश गर्ने बानीले गर्दा हामी ग्रामीण परिवेश भुल्न थालेका छौँ । युवा पुस्तामा हुने महत्वकांक्षी विचार र सोचले गर्दा आज हाम्रो ग्रामीण क्षेत्र ओझेलमा परेको छ । दिन प्रतिदिन हुने दक्ष युवा जमातको पलायनको कारणले गर्दा पनि हामी विकासमा पछि परिराखेका छौँ । अझैँ पनि माल पाएर पनि चाल पाउन सकेनौँ भने हामी विकासको क्षेत्रमा कछुवाकै गतिमा हुने पक्का छ ।
वर्तमान समाय जति सक्दो चाँडो नै ग्रामीण क्षेत्रको विकास गरी आम नागरिकलाई विकासको प्रत्याभूत गराउनु हाम्रो कर्तव्य हो । अव भाषण गरेर शासन गर्नु भन्दा नि विकास गरेर शासन गर्नु राम्रो हुने छ । हाम्रा केही अत्यावश्यक क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य, खानेपानी सिचाई जस्ता क्षेत्रमा तुरुन्तै विकास गर्यौ भने मात्र हामी थप अन्य विकासका कार्यक्रमहरु चरणवद्ध रुपमा विकास गर्न सक्थ्यौ ।
आ–आफनो ठाउँ र क्षेत्रमा धेर थोर भए पनि विकासका कार्यमा विना स्वार्थ लागि पर्यौ र विकासको काममा थोरै भए पनि समय दिन थाल्यौ भने ग्रामीण विकास सहज रुपमा हुन सक्छ । हातमा हात र हरेक कुरामा हाम्रो साथ र सहयोग रहयो भने ग्रामीण क्षेत्रको विकास हाम्रो लागि स्वर्णीम वगैचा हुने छ । तपाई हाम्रै अग्रशर्तामा केही गरौँ र गर्नुपर्छ भन्ने भावनाले काम गयौँ भने मात्र हामी अगाडि बढन सक्छौँ । हिजो विकासको नाममा जे भयो र जस्तो थियो ती पुराना कुराहरु बिर्सी अवको पालो हाम्रो र राम्रो विकास गर्नु नै हो । पहिला विकास अनि निकास भन्ने मुल नारामा साथ हामी अडिक भएर अगाडि बढेमा मात्र हाम्रो शहरी तथा ग्रामीणसँगै समग्र विकासले स्थान पाउँछ ।
अझैँ पनि ग्रामीण ईलाकामा खानेपानी, सिचाईको लागि कुलो, सडक जस्ता अत्यावश्यक क्षेत्रको विकास अथाशक्य चाँडो हुनु पर्दछ । ग्रामीण सडकको हिलो र धुलोको निकास न खोज्ने हो भने तपाई हाम्रो पुस्ता इतिहसमै सम्झन लायक हुनेछैन । सामान्य जनस्तरबाट हुन सक्ने विकास निर्माणका कार्यमा स्वयम जनस्तरबाट तथा अग्रज व्यक्तिहरुको साथ र सहयोगबाट कार्य गर्न सहज हुनेछ । ठुला परियोजनामा स्थानीय सरकारको साथ र सहयोग लिदै द्रुत रुपमा अगाडि बढ्न सकिन्छ । भोलिवादको बाटो छोडी आजै काम गरौँ भोलि नकुरौँ भन्दै दिनरात गरी तपाई हामीले देखेका र पुस्तकको पानामा लेखेका असजिलो लाग्ने बाँकी रहेका कामलाई तुरुन्तै पूरा गरौँ ।
समासजमा सामाजिक सदभाव र एकता कायम गर्दै आफनो गाउँ बस्तीको विकासमा बढी जोड दिदै अगाडि बढनु पर्दछ । आफूसँग भएको ज्ञान सिप र क्षमताको प्रयोग गर्दै ग्रामीण परिवेशलाई आमुल परिवर्तन गरी ग्रामीण परिवेशलाई सहज र सरल बनाउनुपर्छ । यसो गर्दा ग्रामीण क्षेत्रमा रहेको विकासको गरिविलाई केही हदसम्म भए पनि मत्थर पार्न सकिन्छ । ग्रामीण क्षेत्रमा विकासको नाममा विनाश ननिम्त्याउने हिसावले तेरो र मेरो भन्ने गलत भावनाको अहम हटाई ग्रामीण विकासमा तपाई हाम्रो सक्रिय सहभागिता हुन आवश्यक छ । आफूलाई समाजको बुद्धिजीवी ठान्नेहरुले पनि विकासका काममा साथ र सहयोग दिन आश्यक छ । विकासको नाममा राजनीति गर्नेहरुलाई पाखा लगाई सहज वातावरण सिर्जना गरी विकासमा परिवर्तन ल्याउनुपर्दछ ।
हाम्रो राम्रो कामले ग्रामीण परिवेशलाई मात्र नभई समग्र विकासलाई नै फाइदा हुने छ भने हाम्रो आउने भावी पुस्ताको लागि पनि राम्रो हुने छ । राजनैतिक रुपमा हाम्रो आस्था र विचार फरक भए पनि विकासको क्षेत्रमा तपाई हाम्रो आस्था र विचारमा साथ र सहयोग अपरिहार्य छ । हाम्रो कल्पना सुन्दर ग्रामीण क्षेत्रको परिकल्पना भन्ने कुरालाई आत्पसाथ गर्दै कत्ती पनि ढिला नगरि सोच र विचार बदली विकास निमार्णको कार्यमा गति लिनु आवश्यक छ । समाजमा रहेको विकासको अन्धविश्वासलाई पछि पार्दै आगामी दिनहरुमा उर्जाबान बनाउदै विकास र निकासको कार्यलाई जोड दिनु पर्दछ । तँपाई र हाम्रो सक्रिय सहभागीता सँगै विकास निमार्णको कार्यमा टेवा पु¥याउनु छ । हामीसँग भएको बल, वुद्धि र विवेकको प्रयोग गरि आम जनमानसमा विकासको प्रत्याभुती दिलाउनु पर्दछ ।
ग्रामीण विकासका कार्यमा वातावरणमैत्री प्रविधिको प्रयोग गर्न सकेका विकासमा थप सहजता प्रदान हुने छ । त्यस्तै कृषि क्षेत्रको विकासमा परम्परागत कृषि प्रणालीलाई फेरबदल गरी आधुनिक कृषि प्रणालीमा रुपान्तरण गर्नका लागि हाम्रो शिक्षित जमातको सकृय सहभागीतामा हुन आवश्यक छ । विकासको हरेक क्षेत्रमा शिक्षित युवा जमातको परिचालन गरी ग्रामीण विकासमा आमुल परिवर्तन ल्याउनु छ । विकासको मुल फुटाउनमा हामी युवा पुस्ताको ठुलो भूमिका छ । आशा छ हाम्रो आगामी दिनहरुमा विकास निमार्णको कार्यमा थप गति प्रदान हुने छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्