हारे जिरो छ जिते यो संसार छ : पार्दे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

हारे जिरो छ जिते यो संसार छ : पार्दे

    मा प्रकाशित

[मित्रलाल पार्दे एक जुझारु नाम हो । सामाजिक अभियन्ताका रुपमा आफूलाई स्थापित गराइसकेका पार्दे केही न केही नयाँ काम गर्ने प्रयासमा हरबखत रहन्छन् । केही समय अघि ‘पानी अभियान’लाई विश्वव्यापी बनाएका पार्दे विगत १२ वर्षदेखि निरन्तर अनलाइन अनुसन्धान खोजमा रहेका छन् । युरोपमा बस्दै आएका पार्दे तीन वर्ष अघिदेखि आफ्नो युरोपको कुनै जागिर छोडेर ‘मेरो रिजर्भेसन’ सोच सफल पार्न लागिपरेका छन् । ‘एस एम एस सर्भिस फर यु’ कम्पनिको नामबाट ‘मेरो रिजर्भेसन’ अनलाइन अगाडि बढाएको छन् । युरोपमा नेपालीहरुले सधैं तेश्रो क्लासको काम गर्नुपर्ने नेपालको डिग्री त काम नै नलाग्ने भन्ने पुरातन सोचलाई चिर्न यतिबेला उनी कम्मर कसेर लागेका छन् । नेपालमा त्रिभुवन विश्वविद्यालयबाट एमए सम्मको पढाइ सकेर युरोप पुगेका पार्दे नेपालको डिग्रीलाई वास्तविकतामा उजागर गर्न ‘मेरो रिजर्भेसन’ सोच शुरुवात गरेका छन् । यही स्कोहबाट मात्र होइन एक दिन हजारौको जिन्दगीमा आमुल परिवर्तन लिने भन्ने परिकल्पना गरेर सानो कोठालाई विदेशी भुमिमा हजारौ लाखौं भाडा तिरेर विभिन्न किसिमले संघर्ष गर्दै अगाडि बढ्ने प्रण गरेका छन् । प्रस्तुत छ कनिका टिमले युरोपमा रहेका पार्देसँग ‘मेरो रिजर्भेसन’सँग सम्बन्धित रहेर गरेको कुराकानी । ]

मेरो रिजर्भेसन के हो ?

मेरो रिजर्भेसन एउटा यस्तो प्लाटफर्म हो जहाँ हंजारौ कम्पनीका रिजर्भेसन सम्बन्धि अनलाइन वेबसाईटहरु भेट्न सकिन्छ । हजारौ कम्पनीहरुको ब्यानर वेबसाईट राख्न अफिलियट अनुमति प्राप्त गरेर मात्र मेरो रिजर्भेसनमा राख्ने गरिएको छ । मैले अनलाइन अनुसन्धानको क्रममा यो पत्ता लगाएँ कि हामी बिदेश स्वदेश बस्ने नेपालीहरुले मात्र गुगलको बाटो भएर वा फेसबुकको बाटो भएर सम्बन्धित कम्पनीको सेवा रिजर्भेसन गरिरहेका छाँै । त्यो सेवा रिजर्भेसन यदि मेरो रिजर्भेसन मार्फत मात्र गराउन सकियो भने हामीले लाखौं रुपैयाँ अनलाइनमा खेर गएको रकम आफ्नो देशमा भित्र्याउन सक्छौँँ । यो हाम्रो हजारौ नेपालीहरुको अवसर हुनेछ । यसैको परिकल्पना नै मेरो रिजर्भेसन हो ।

मेरो रिजर्भेसनमा केके पाउन सकिन्छ त ?

मेरो रिजर्भेसनभित्र सयौ बुकिङ वेबसाईटहरु छन् । सयौ सपिङ वेबसाईटहरु छन् । सयौ टुर प्याकेजहरु छन् । लाखौ होटेलहरु खोज्न सकिन्छ । सयाँै जहाजहरु विभिन्न अनलाइन वेबसाईट मार्फत खोज्न सकिन्छ । स्क्याइ स्क्यानर बुकिङ होटेल लूक फ्लेक्स बस साइट सिन ट्रेन रेल मनोरञ्जन सम्बन्धिका सामान किन्ने वेबसाईट खोज्न सकिन्छ । हालसम्म मेरो रिजर्भेसनमा १० हजार वेबसाईटहरुले अफिलियट पाएका छन् ।

मेरो रिजर्भेसनले कसरी काम गर्छ ?

मेरो रिजर्भेसन विभिन्न कम्पनीहरुको वेबसाईट राखिदिने एउटा घर हो । त्यो घरभित्रबाट कुन वेबसाईट प्रयोग गर्ने सम्बन्धित ग्राहकको रुचि हो । स्मरण रहोस मेरो रिजर्भेस्न वेबसाईटले रिजर्भेसन गर्दैन । रिजर्भेसन सम्बन्धी हजारौ वेबसाईट राखेर सबैलाई सहज बनाउने काम गर्दछ । मेरो रिजर्भेसन्ले अरु कम्पनीहरुको अफिलिअसन वेबसाइट लिन्क राखिदिन्छ । जस्तो होटेल बुकिङ सम्बन्धी वेबसाइटहरु विभिन्न कम्पनीहरुसित अनलाइन सहकार्य गरेर राखिदिन्छ । जुन अनलाइन वेबसाइट लिन्क गुगलमा भेटिन्छ, जुन कम्पनी वेब्साइटहरु फेसबुकमा भेटिन्छ । आखिर गुगल्मा गएर हामीले जुन कम्पनी खोज्छौ त्यही नै गर्ने हो अरु केही होइन ।
बिडम्बना मेरो रिजर्भेसनलाई फेसबुकले सेयर गर्न बन्देज गरिदिएको छ । यद्यपि हामी फ्रिलन्सर मार्फत हजारौको स्वरोजगार निर्माण अभियानमा छौ ।

युरोपमा कमाउन गएको ठिटो, जागिर छाडेर यस्तौ चुनौतिपूर्ण काममा होमिने सोंच किन आयो ?

युरोप १२ वर्षसम्म बस्दा पनि युरोपियन सरकारले हामीलाई एसियन नागरिक भनेर जुन किसिमको नदेखिने पाराले विभेद गरेको छ एसियन नागरिकहरुलाई तेश्रो दर्जाको नागरिक भन्ने । उनीहरुको क्षमता भन्दा राम्रो हुँदाहुँदै कागजको नाममा, भिजाको नाममा बन्देज लगाउने अन्यायपूर्ण सोचलाई चिर्नको लागि विश्वभर भिजा पनि आवश्यक नपर्ने साकारात्मक उर्जाले अनलाइनबाट परिवर्तन सम्भव छ भनेर अनलाइन मेरो रिजर्भेसन सोचमा होमिएको हो ।
अबको युग अनलाइनको युग हो । रिजर्भेसन शब्दले संसार नै ओगटेको छ । रिजर्भेसनको बाटो भएर संसार भर अनलाइन रिजर्भेसन सम्बन्धी वेबसाइटरु खोज्न सकिन्छ । साथै हामीहरु विश्वव्यापी करोडौको हातमा मोबाइल एप्स मेरो रिजर्भेसन पुग्ने अभियानमा छौ । अहिले वेबसाइट प्रयोग सफल भएकोले हामी अब हरेक देशमा फ्रिल्यान्सर मार्फत मेरो रिजर्भेसन सोच सिद्धान्त बुझाईरहेका छौ । अनलाइनको माध्यमबाट विभिन्न व्यक्तिहरुसित छलफल चलाइरहेका छाँै । मेरो रिजर्भेसन सोच सफल हुने बित्तिकै हजारौको जीवनमा आमूल परिवर्तन हुनेछ भनेर हामी जिरो लेभलबाट शुरुवात गरेर अगाडि बढिरहेका छाँै । हारे जिरो छ जिते यो संसार छ । फेरि हार्ने वस्तु नै हाम्रो छैन त आखिर जीत हाम्रै हो ।

हजारौँ मानिसहरुलाई स्वरोजगार बनाउने अभियान पनि हो यो, तर कसरी सम्भव छ ?

हजारौ होइन लाखौं मान्छेलाई स्वरोजगार बनाउन सकिन्छ । मलाई तपाईं अँफै हेर्नुस् । युरोप जस्तो देशमा जिरो लेभल्बाट अगाडि बढ्दा कति संघर्ष गर्नुपर्छ । भन्नुस् तपाईं त घरकै मानो खाएर मात्र हामीले निर्माण गरेको बाटोमा अग्रसर हुनुहोस् । आज वषौँ हामी हिँडेकै थियौ कसैको बाटोमा तर हामीलाई आखिर दुनियाँलाई नमस्ते गर्नु पर्ने सोचमा पो हिँडेका रहेछाँै । हामी जीवनभर आजीवन हाम्रो लागि सोच्ने सोचमा कोही नहिँडेको देखेर म सिधै आफै आफ्नै सोच स्थापित गरेर विश्वभर अरुलाई बुझाईरहेको छु । यहाँ हामीले खर्छ गर्ने लगानी गर्ने के के न गर्ने भन्ने होइन सानो ओन्लाइन उद्द्योग खडा गरेर हजारौको जीवनमा अुंल परिवर्तन लिना सकिन्छ । केही ठाउहरुमा ट्रेनर फ्रील्यान्सरहरुले के हो मेरो रिजर्भेसन भनेर बुझाउने प्रयास गरिरहेका छन् । अली नयाँ सोच भएकोले कोही अल्मलिएको जस्तो लागेको हो तर अल्मलिनु जरुइरी छैन । धेरै ज्ञान हुनु पनि आवश्यक छैन । मात्र सोचलाई अगाडि बढाउने हो ।

रिजर्भेसनको अनुसन्धानका बारेमा केही अनुभव सेयर गर्न मिल्छ ?
यो रिजर्भेसन अनुसन्धानको लागि मैले धेरै त्याग गरेँ । त्यसको प्रमाण आवश्यक परे जुटाउन तयार छु । धेरैले युरोप बसेर घर घडेरी जोडे, कसैले आफ्नै घर घडेरी जोड्नमा गर्व गरे, कसैले रेस्टुरेन्ट खडा गर्नमा गर्व गरे । कसैको जीवन कठिन भए तर सबैको मेहनतलाई सलाम गर्दछु जसले जे गरे त्यो आखिर केही होस् भनेर गरे ।

म मेरो रिजर्भेसन सोच स्थापना गर्न र बुझाउन एकोझोरो लागे यद्यपि सामाजिक सोच आफ्नो ‘पानी अभियान’ निरन्तर हुँदाहुँदै पनि र सामाजिक सोच चलाउने क्रममा एउटा अभियन्ताले कति हन्डर खानुपर्छ भन्ने अवस्थाको चित्रण मलाई भयो । यद्यपि सोच वा कुनै पनि काम सफल पार्न निरन्तर लाग्नुपर्छ भन्ने आत्मबोध भयो र नमागेर एक दिन सोचले पुरै विश्वभर स्थापित गर्न सकियोस् भनेर मेरो रोजर्भेसन अनलाइन सोच आफै निर्माण गरेँ । र, त्यही सोच अगाडि बढाइरहेको छु । देश बिदेशबाट लगानी गर्न धेरैले चाहना अब गर्न शुरु गर्नु भयो । मैले लगानी गर्ने भन्दा मेहनत गर्ने जुझारु व्यक्तिले आमुल परिवर्तन गर्न सक्छन । विश्वभर मेरो रिजर्भेसनमा जडान हुने फ्रिल्यान्सरहरुप्रति नमन गर्दछु । फ्रिल्यान्सरहरु अहिले मेरो रिजर्भेसन बारे बुझाउन प्रयासरत छन् । कसरी मेरो रिजर्भेसनको माध्यमबाट हाम्रो देशमा करोडौ रकम भित्र्याउन सक्छौँ त्यो बारे मैले प्रमाणित गरेर देखाउनुछ ।

*******

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्