कमल गाउँलेको २० औँ गाईजात्रा (भिडियो सहित ) – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कमल गाउँलेको २० औँ गाईजात्रा (भिडियो सहित )

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
हाँस्य कलाकार कमल गाउँलेका २० औँ गाईजात्रा सार्वजनिक भएको छ । कलाकार गाउँलेले २० औं गाइजात्रा– के के हुने हो ? नामक गाइजात्रा आज बिहीबार सार्वजनिक गरेका हुन् ।
बरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले गाईजात्राको बिमोचन गरेका हुन् । दाङमा नै छायाङ्कन गरिएको २० औँ गाईजात्राको प्राविधिक काम पनि दाङमा नै गरिएको कलाकार गाउँलेले बताए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम सहजीकरण पत्रकार निमुसंगम घर्तीले गरेका थिए ।

हेर्नुहोस् पूरा भिडियो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्