‘बाजा बजाउदैको’ ५० लाखको केक खाए निर्देशक काजिशले – Kanika Khabar
Friday, March 29Nepali News Portal

‘बाजा बजाउदैको’ ५० लाखको केक खाए निर्देशक काजिशले

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ ।


गीतकार लोकराज अधिकारीको रचना अर्जुन पोख्रेलको संगीत तथा संगीत संयोजन अनि अर्जुन पोख्रेल र सुजाता केसिको स्वर रहेको ‘बाजा बजाउदै’ बोलको गीतले युट्युब मा ५ मिलियन प्लस भ्युज पाएको छ । यही खुशीमा बिहीबार ५ मिलियनको केक काटिएको छ । गीतका कोरियो ग्राफर तथा भिडियो निर्देशक काजिश श्रेष्ठको जन्मदिनको अबसरमा उक्त केक काटिएको हो । तीज गीतको छाँयाकन स्थल बालाजुमा अन्य कलाकारको साथमा गायिका केसी र निर्देशक श्रेष्ठले सामुहिक केक काटेका हुन् ।
गीतको भिडियोमा सागर लमसाल ‘बले’ र जुम्ल्याहा दिदीबहिनी प्रीज्मा र प्रीन्सी खतिवडासँगै प्रदिप लिम्बू को अभिनय रहेको छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन । गीतकार अधिकारीको जन्मदिनको अबसर पारी चैतमा रिलिज गरेको गीतले निर्देशकको जन्मदिन आई पुग्दाको चार महिनाको समयमा ५ मिलियन भन्दा बढीको भ्युज पाएको हो । गायिका केसीका अनुसार यही समुहको बाजा बजाउदै दुई पनि बजारमा आउने तयारी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्