प्रिमियर लिग आज सकिँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रिमियर लिग आज सकिँदै

    मा प्रकाशित

कनिका खबर
साउन ११, दाङ ।
इंग्लिस प्रिमियर लिगको यो सिजन आज सकिदैछ । आज प्रिमियर लिगका अन्तिम चरणका खेलहरु हुँदैछन । लिगको उपाधि लिभरपुलले उचालिसकेको भए पनि शीर्ष चारमा स्थान बनाउनका लागि तीन क्लवको निकै प्रतिस्पर्धा रहेको छ । जुन अन्तिम दिनको नतिजाले देखाउने छ । आज राति हुने सबै १० वटा खेलहरु पौने नौ बजेबाट सुरु हुनेछन । जसमा लिभरपुलले न्यूक्यासल युनाइटेडसँग खेल्नेछ भने आर्सनलले वाटफोर्ड, चेल्सीले उल्भरह्याम्टन टोटनह्यामले क्रिस्टल प्यालेस, लेस्टर सिटीले म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटीले नोर्विचसँग प्रतिस्पर्धा गर्नेछन् । प्रिमियर लिगका १० खेलमा सबैको नजर लेस्टर र युनाइटेड, चेल्सी र उल्भ्सको खेलमा हुनेछ । किन कि यी दुई खेलले च्याम्पियन्स लिगमा पुग्ने दुई टिमको टुंगो लगाउनेछ । आजको खेलमा यदि आर्सनलसाग वाटफोर्ड पराजित भएमा र एएफसी बर्नमाउथले एभर्टनलाई हराएमा रेलिगेसनमा एस्टोन भिल्ला पनि तानिन सकिने देखिएको छ । तर उसले आफ्नो खेल हार्नुपर्नेछ । एस्टोट भिल्लाले वेष्टह्यामसँग खेल्दैछ । तर बर्नमाउथ विजयी भएमा र वाटफोर्ड र एस्टोन भिल्लाले बराबरी खेलेमा गोल अन्तरका आधारमा रेलिगेसनमा पर्ने टिमको टुंगो लाग्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्