जिल्लाको विकासका लागि योजना तय गर्न छलफलमा छौँ : प्रमुख जिसस दाङ – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

जिल्लाको विकासका लागि योजना तय गर्न छलफलमा छौँ : प्रमुख जिसस दाङ

    मा प्रकाशित

जिल्ला समन्वय समिति दाङ यतिबेला जिल्ला सभाको तयारीमा जुटेको छ । यो सभाबाट समग्र जिल्लाको विकासका योजना तय हुनेछन् । अब जिल्लाको विकासका लागि कस्ता योजनाहरू तय हुनेछन् भनेर पनि यो सभालाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसै विषयमा केन्द्रित रहेर पत्रकार बिमला घर्तीले जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीसँग गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

जिल्ला सभाको तयारी कसरी गरिरहनुभएको छ ?

जिल्ला सभाको तयारीका लागि हामीले विभिन्न समिति उप–समितिहरु बनाएका छौं । ती समिति मार्फत हामीले जिल्लालाई कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ । जिल्लाको विकासको बारेमा दाङ जिल्ला विकास सल्लाहकार परिषद्को बैठकमा व्यापक छलफल गरेका छों । यही बीचमा दाङ जिल्ला विकास सल्लाहकार परिषद्को पहिलो बैठक बसाल्यौँ । उहाँहरुको सल्लाह सुझाव अनुसार कामलाई अगाडि बढाएका छौं र सल्लाहकार परिषद्को सल्लाह अनुसार फेरि हामीले दशवटै पालिकासँग संयुक्त रुपमा बैठक बस्यौं र उहाँहरुसंग अन्तरक्रिया ग¥यौं ।

हामीले सल्लाहकार परिषद बाहेक अरुसँग पनि सल्लाह सुझावहरु लिएका छौँ । विभिन्न संघ संस्था, राजनीतिक दल संग सल्लाह सुझाव लिने काम गरेका छौँ । खासगरि दाङ जिल्लालाई समृद्ध जिल्ला कसरी बनाउन सकिन्छ भन्ने विषयमा नै हामी केन्द्रित छौँ । यो यसका लागि जिल्लाका संचारकर्मीहरुसँग पनि छलफल गर्ने तयारी गरिरहेका छौं । सबैको अपनत्व होस् भनेर पत्रकार साथीसँग पनि सल्लाह सुझाव लिने प्रयास गरेका छौँ । समग्र दाङ जिल्लालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयका लागि सल्लाह सुझाव लिएर मात्रै अघि बढ्छौं ।

सभामा पालिकाहरुको विवरण पनि प्रस्तुत होलान् त्यस बाहेक अरु विषय पनि आउँछन् कि ?

सभामा पालिकाहरुको विवरण पनि प्रस्तुत हुन्छ । तर यसपटक पालिकाहरुको विवरण खासै प्रस्तुत हुँदैन । उहाँहरुले सम्पूर्ण विवरण समीक्षा बैठकमै राख्नुहुन्छ । यसपटक हामीले जिल्लाको समग्र समृद्धिका लागि कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्नेछौं । अव कसरी जाने भन्ने विषयमा उहाँहरुसँग सल्लाह सुझाव लिन्छौँ ।

समग्र दाङको विकासका लागि केही योजना बन्छ कि ?

हजुर बन्छ, अवश्य पनि । समग्र दाङको विकासका लागि रिङ रोडका कुराहरु उठाएका छौँ । हामीले जिल्लामा ठुलो विमानस्थल बनाउने कुरा उठाएका थियौं । अन्तरराष्ट्रिय स्तरको विमानस्थल नभए पनि क्षेत्रीयस्तर सम्मको विमान चल्ने खालको ठाउँ दाङमा हुनुपर्छ भन्ने कुरा यसपटक पनि उठाउँछौँ । यस्तै कृषिलाई कसरी आधुनिकीकरण गर्ने रु दाङ जिल्लामा सिंगो रिङरोडलाई कसरी जोड्न सकिन्छ रु जिल्लाको विकासको लागि रिङरोडको आवश्यक छ । रिङरोडलाई जोडेर नाकाबासीको समस्या हल गर्न सकिन्छ । नाकाबासीहरु सीमा क्षेत्रमा बिना बर्दीका प्रहरी भएर बसिरहनुभएको छ । काम गर्नु भएको छ । सीमाको रक्षा गर्नुभएको छ । उहाँहरुको विकास कसरी गर्ने रु त्यही रिङरोड मार्फत हामीले त्यहाँको विकासलाई जोड्ने भनेका छौँ । नाकाबासीको समस्यालाई पनि उठाइरहेका छौँ । कृषि क्षेत्रलाई आधुनिक तरिकाले कसरी विकास गर्न सकिन्छ भन्ने किसिमले उठाएका छौ । बैज्ञानिक बसोवासको बस्तीलाई कसरी जोड्न सकिन्छ भन्ने विषय पनि उठाएका छौँ । त्यसैगरी शिक्षा, स्वास्थ्यलाई कसरी सुधार गर्न सकिन्छ रु समग्र जिल्लालाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयलाई हामीले जिल्ला सभामा उठाउनेछौं । विगतका जिल्ला सभा भन्दा यसपालिको सभा फरक तरिकाले अघि बढ्नेछ ।

तपाई जनप्रतिनिधिभएको हिसाबले निर्वाचनका समयमा गरिएको प्रतिवद्धता अनुसार जनप्रतिनिधिले काम गरेका छन् ?

निर्वाचनका समयमा गरिएको प्रतिवद्धता अनुसार जनप्रतिनिधिहरुले काम गर्नुभएको छ । अहिले पनि केही कमि कमजोरीहरु छन् । जो प्रतिवद्धता अनुसार केही काम गर्न सकिएको छैन् होला । सबै पक्षको पाटोलाई हेर्दा प्रयासरत अवस्थामा भएको देखिन्छ । केही कमि कमजोरी काम गर्दा अवश्य पनि भैहाल्छ । ती कमजोरीका बीचमा पनि राम्रै काम गरेको अवस्था देखिन्छ । काम गर्नका लागि धेरै खालको परिस्थिति मिल्नुपर्ने रहेछ । यतिवेला परिस्थिति जटिल रहेको । जनप्रतिनिधिहरु आएको तीन वर्ष पुगेको छ ।अव काम गर्नका लागि दुई वर्ष बाँकी रहेको छ । तीन वर्षको अवधिमा हुन नसकेका कामहरु आगामी दुई वर्षमा गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त रहेका छौं ।

तपाईहरुको प्रमुख काम पालिकाहरुको बीचमा समन्वय गर्ने हो । कसरी गरिरहनुभएको छ ?

समन्वय हामीले गरिरहेका छौ । विभिन्न अनुगमनको क्रममा जाँदा उहाँहरुसँग समन्वय गर्दछौं । उहाँहरु काम कसरी गरिरहनुभएको छ रु विकास निर्माणका कामहरु कसरी गर्नुभएको छ रु कसरी विकासको पक्षलाई सहजीकरण गर्नुभएको छ रु कसरी काम गर्नुभएको छ रु भन्ने विषयमा हामीले अनुगमनका क्रममा पनि हेरेका छौँ । भने अर्कोतिर उहाँहरुसँग बसेर अन्तरक्रिया गर्दै कसरी विकास हुन्छ, कसरी सहजीकरण गर्न सकिन्छ, हामीले के सहयोग गर्न सक्छौ रु भन्ने बिषयमा पनि उहाँहरुसँग अन्तर्रक्रिया छलफल गरिरहेका छौ । ती अन्तर्रक्रिया छलफल मार्फत हामीले उहाँहरुसँग हाम्रो समन्वयलाई अगाडी बढाइरहेका छौ । उहाँहरुले पनि हाम्रो सल्लाहलाई ग्रहण गर्नुभएको छ । सल्लाह सुझाव, समन्वय, जस्ता किसिमवाट हामी अगाडि बढिरहेका छौँ ।

समन्वय गर्ने क्रममा के कस्ता समस्या आएका छन् त ?

समन्वय गर्दाका समस्याहरुको विषयमा भन्नुपर्दा केही समस्याहरु छन् । समन्वय समितिका केही काम बारे कानुनमा प्रष्ट छैन् । संघीय सरकार, प्रदेश सरकारको कानुनमा समन्वय समितिले केही विषयहरुमा ठ्याक्कै यो काम गर्ने भन्ने स्पष्ट छैन् । व्यवहारिक रुपले हामीले समन्वय गरेका छौँ । तर कानुनमा टेकेर गर्नुपर्ने अनुगमनका बारेमा अहिलेसम्म प्रदेश सरकारले प्रष्ट रुपले यो–यो गर्ने, यो विषयमा यसरी गर्ने भन्ने कानुनमा प्रष्ट नभएकाले अहिले पनि केही समस्या छन् ।

पालिकाका बीचमा के कस्ता विषयमा मध्यस्थता वा समन्वय गर्नुपर्ने र पालिकाका बीचमा के कस्ता विषयमा मध्यस्थता वा समन्वय गर्नुपर्ने रहेछ ?

पलिकाका बिचमा मध्यस्थता वा समन्वय गर्ने विषयमा जस्तो कि उहाँले आफ्नो पालिका भित्र बिकासका काम गर्नुनै भएको हुन्छ । तर सिङ्गो जिल्लाको विकासको बारेमा हामीले पनि हेर्नुपर्ने हुन्छ । अनुगमन गर्नुपर्ने हुन्छ, पालिकाहरुसँग समन्वय गर्नुपर्ने हुन्छ । संघीय, प्रदेश सरकारवाट बिभिन्न कार्यक्रमहरु आएका हुन्छन् । त्यसलाई हामीले हेर्ने, अनुगमन गर्नुपर्ने कसरी काम भैराखेको छ । त्यस विषयमा रिपोर्ट लिनुपर्ने भएकाले ती अवस्थामा उहाँहरुसँग समन्वय गर्नुपर्ने हुन्छ । हरेक कामको बिषयमा अनुगमन गर्ने र सल्लाह सुझाव दिने काम गरेका छौ । समन्वय गर्ने काम गरेका छौ ।

दाङ जिल्लामा ढुंगा गिट्टीको विषयमा विवाद भैरहन्छ, किन यस्तो हुन्छ ?

यो खासै ठुलो विवाद नभनौँ। अनुगमनमा जाँदा केही समस्या देखिन्छन् । त्यो समस्या देखिदा उहाँहरुरको पनि अनुगमन पुगिराखेको देखिदैन् । बदमासले बदमासी गरिदिन्छ । त्यसपछि हामीले पालिकाहरुलाई तपाईहरुको पनि जिम्मेवारी हो किन अनुगमन गर्नुहुन्न हेर्नुहुन्न भन्दा उहाँहरु ठेक्का पट्टामा लगाउदा हाम्रो पनि केही कमिकमजोरी भयो होला भन्नुहुन्छ । केही बिवाद भएपनि हामीले बसेर समाधान गरेका छौँ भन्नुहुन्छ । प्राकृतिक स्रोत साधनलाई जिम्मेवार तरिकाले हेर्नुप¥यो भनी छलफल गर्दा ती कुराहरु बाहिर आउने गर्छन् र त्यसलाई मान्छेले विवादका रुपमा बुझ्ने गर्छन् । विनाशलाई कसरी रोक्ने भन्ने विषयमा हाम्रो बीचमा समन्वय हुने गरेको छ । र त्यसलाई मान्छेले बिवादको रुपमा बुझ्ने गरेका छन् । त्यसलाई बिवादका रुपमा हेरिनुभएन ।

पालिकाहरुले तपाईहरुको कुरा सुन्नुहुँदैन भन्ने सुनिन्छ नि ?

त्यस्तो होइन । पालिकाहरुले हाम्रो कुरा नसुन्ने प्रश्नै हुँदैन् । अस्ति भर्खरै पनि दश वटै पालिकाका प्रतिनिधिहरु आउनुभएको थियो । सभाका विषयमा उहाँहरुले राम्रो सल्लाह सुझाव दिनुभएको छ । हाम्रो बीचको सम्बन्ध भनेको नङ मासुको सम्बन्ध हो । त्यो निरन्तर चलिरहेको छ र चलिरहन्छ ।

गत वर्षको समग्र समीक्षा कसरी गर्नुहुनछ ?

गत वर्षको समीक्षा भन्दा पनि यसपटक हामीले निर्वाचित भएर आइसकेपछि कतिसम्म सफल भयौ । यो सवाल अलि गम्भीर रुपले उठाइरहेका छौँ । हामी बिच भागमा आइसकेका छौँ । कार्यकाल सकिन अब करिव दुई बर्ष जति मात्र बाँकी छ । अव दुई बर्ष भित्रमा कति राम्रो काम गर्न सक्छौँभन्ने विषयमा केन्द्रित भएर सभा गर्देछौँ । त्यसैले यो सभामा उहाँले पनि सल्लाह सुझाव समयमै ल्याउन सक्नुहोस् भनेर अहिलेदेखि नै अन्तर्रक्रिया थालेका छौँ । सभा यो साउन महिनाको करिब अन्तिमतिर मिति तोकिन्छ होला । मिति तोकिसकेपछि उहाँहरुले आफ्नो तर्फवाट सबै सल्लाह सुझाव ल्याउनुहुन्छ । यसपालिको यो समीक्षात्मक सभा हुनेछ । यो समीक्षामा हामीले अब दाङ जिल्लालाई कसरी समृद्ध बनाउन सकिन्छ रु हरेक क्षेत्रवाट कसरी समृद्ध बनाउन सकिन्छ रु भन्ने विषयमा उहाँ र हामीहरु चिन्तित छौँ ।

अन्त्यमा केही छ ?

यहाँहरुलाई धन्यवाद छ । यहाँहरु जुन पत्रकारिता क्षेत्रवाट जिल्लालाई समृद्ध बनाउने तर्फ, सुशासन राम्रो बनाउने तर्फ लाग्नुभएको छ । पत्रकारिता जगतलाई म धन्यवाद दिन चाहान्छु । र यो जिल्ला सभाको तयारीको लागि यहाँहरुले आफ्नो तर्फवाट प्रचार प्रसार गरी हामीलाई सहयोग गर्नुभएको छ र भोलि पनि गर्नुहुनेछ भन्ने आशा सहित तपाईहरुलाई पनि धन्यवाद भन्न चाहान्छु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्