गजल – Kanika Khabar
Friday, March 29Nepali News Portal

गजल

    मा प्रकाशित

अलि बढी कडा छ थोरै (थोरै नरम छ
जस्तो भए पनि म माथि पीडाकै हैकम छ

म तिम्रो दिलमा उडान भर्न चाहन्छु
भनिदेऊ अहिले त्यहाँ कस्तो मौसम छ रु

फिजार्दा लामा छोटा छन् हातका औँलाहरु
मुठ्ठी पार्दा भने बराबर हुने नियम छ

रहरको तिर्खा मेट्न म राजधानी आएँ
मलाई थाहा छ खाल्डोमा बढी पानी जम्छ

हात्ती, बाघ, गैँडाहरु एकछिन् बस्न मान्दैनन्
सायद मेरो पर्सको निकुञ्ज दुर्गम छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्