नेकपा अध्यक्ष प्रचण्ड र नेता नेम्वाङबीच भेटवार्ता – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेम्वाङबीच भेटवार्ता

    मा प्रकाशित

कनिका खवर
साउन २२, दाङ
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । दुई अध्यक्षबीचको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुगेका थिए । प्रचण्डसँग के कुरा भयो भन्नेबारे नेम्वाङले केहि खुलाउन चाहेनन् । उनले अहिलेसम्मको छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए । आफू दुई अध्यक्षबीच पुनः छलफल गराउन प्रयासरत रहेको भन्दै नेम्वाङले आज भने भेटघाटको सम्भावना नरहेको पनि जानकारी दिए । प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ । नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने बताए । आइतवारदेखि लगातार तीन दिन ओली र प्रचण्डबीच सम्वाद भएपनि नेकपामा उत्पन्न गतिरोधको निकास निस्किएको छैन । हिजो निर्धारित छलफल प्रचण्डकै आग्रहमा स्थगित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्