दूर कक्षा प्रभावकारी बनाउन गाउँमा निशुल्क रेडियो वितरण – Kanika Khabar
Friday, April 19Nepali News Portal

दूर कक्षा प्रभावकारी बनाउन गाउँमा निशुल्क रेडियो वितरण

    मा प्रकाशित

कनिका खवर
साउन २२, सिमकोट हुम्ला
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि चैत ५ गतेदेखि बन्द देशका सबै विद्यालय बन्द भएका थिए । लकडाउन बन्दाबन्दीको समयमा विद्यालय बन्द भएपछि विद्यालयको औपचारिक पठन पाठनबाट विद्यार्थीहरु बञ्चित भएर घरमै बन्द अवस्था रहेका थिए । बन्दाबन्दीको अवस्थामा समेत विद्यालयको औपचारिक कक्षालाई निरन्तरता दिन गएको जेठ महिनादेखि जिल्लाको शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपालको आर्थिक सहयोगमा जिल्ला स्थित तीनवटै रेडियोबाट माध्यमिक तह ( कक्षा ८, ९ र १०) को रेडियो ट्युशन कक्षा शुरु भएको थियो । रेडियोबाट सञ्चालन भएको कक्षालाई गाउँगाउँमा भएका बाल क्लव तथा टोलका विद्यार्थीहरुलाई सामुहिक रुपमा पढाउनका लागि विद्यार्थीलाई निशुल्क रेडियो वितरण गरिएको छ । रेडियो कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गरेको आधार विकास नेपालको हुम्ला कार्यालयले आप्mनो कार्य क्षेत्रका विद्यार्थीहरुलाई उक्त रेडियो सेट वितरण गरेको संस्थाका शिक्षा संयोजक कञ्जोक लामाले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्