आंशिक प्राध्यापकहरु आन्दोलनमा – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आंशिक प्राध्यापकहरु आन्दोलनमा

    मा प्रकाशित

कनिका खबर
साउन २३, दाङ ।


त्रिभुवन विश्वविद्यालयले पटक पटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस दाङमा कार्यरत आंशिक प्राध्यापकहरुले आन्दोलनलाई जारी राखेका छन् । नेपाल आंशिक प्राध्यापक संघ साउन ११ गतेदेखि आन्दोलमा रहेको छ ।

संघको केन्दीय आन्दोलन अन्तर्गत विगतमा भएका सम्झौता र सहमतिको कार्यान्वयनको माग गर्दै नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस दाङमा कार्यरत प्राध्यापकहरुले क्याम्पस प्रशासनमा धर्ना दिदै आएका हुन् ।

त्रिभुवन विश्वविद्यालयको बेवास्थाका कारण लामो समयदेखि आंशिक प्राध्यापकहरु अति न्यून ज्यालामा बधुवा मजदुर सरी काम गर्न बाध्य हुनु परेको भन्दै सहमति कार्यान्वयनमा ध्यान दिन त्रिभुवन विश्वविद्यालय पदाधिकारी तथा क्याम्पस प्रमुखहरुले ध्यान दिनुपर्ने आंसिक प्राध्यापकहरुको माग रहेको छ ।
‘विगतमा महेन्द्र बुहुमुखी क्याम्पस प्रध्यापाक संघ, आंशिक प्रध्यापक, विद्यार्थी एव कर्मचारीका विचमा भएको सहमतिलाई कार्यान्वयनका लागि कुनै पनि प्रक्रिया नथालेको र क्याम्पस प्रशासन खुल्ला हुदाँ पनि त्रिविले आंशिक प्रध्यापकलाई हाजिर हुनवाट बञ्चित गरेको भन्दै प्राध्यापकहरु आन्दोलनरत छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्