गजल – Kanika Khabar
Friday, April 19Nepali News Portal

गजल

    मा प्रकाशित

पीडाको निर्यात गर्न र खुशीको आयात गर्न मन छ
झुपडीलाई यी दुईटा कामको सुरुवात गर्न मन छ

कसैका सुन्दर यादहरु एकान्तमा बढी आइपुग्छ्न्
असाध्यै सताएको दिन मलाई हातपात गर्न मन छ

जिउँदै छु र त गोडा तान्नेहरुको लर्को लागिरहन्छ
जिउँदो छँदा त्यो गर्छु जो मृत्यु पश्चात् गर्न मन छ

राम्रोसँग आजसम्म पनि नुहाएको रहेनछ धर्तीले
अब मेरै पाखुराबाट पसिनाको बर्षात गर्न मन छ

आफू उभिँदाको थकाई मेटिएला भनेर पनि होला
बटुवालाई बोलाएर शालिकले भन्यो–बात गर्न मन छ

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्