नाम्फा र लिदि गाउँमा पहिरोको उच्च जोखिम – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नाम्फा र लिदि गाउँमा पहिरोको उच्च जोखिम

    मा प्रकाशित

दिपक खत्री
साउन २५, सिन्धुपाल्चोक ।
जुगल गाउँपालिका २ नाम्फा र लिदिका बस्ती सिरानमाथि झुण्डिएको जाँतो झैँ जोखिममा परेको छ । बस्तिको तल माथी दुवैतिर अत्यास लाग्दो पहिरो गएपछि उनीहरु दिनभरि घरमा र राति त्रिपालले बारेर बनाएको सुरक्षित ठाउँमा ज्यान जोेगाउन जाने गरेका छन् । लिदिका स्थानीय निमा लामा आफुहरु भगवान भरोसामै बसिरहेको र ठुलो पानी पर्दा पहिरोमै ज्यान जान्छ कि भनी निदाउन समेत नसकेको बताउँछन् ।
अत्यास लाग्नेगरि खसेको पहिरो ,गाउँमाथि खस्न ठिक्क परेको बडेमानका ढुंगा, धाजाँ परेर चिरिएको जमिनले बस्ती संगै यहाँका नागरिक ज्यान जोखिममा राखेर बाँची रहेका छन् । हिड्ने बाटो, कमाई गरी खाने खेत ,पाखा पखेरा सबै जमिन धाँजा परेर फाटेका छन् । स्थानीय भन्छन्, ‘कतिबेला बगाउँछ ठेगान छैन, कतिबेला मरिन्छ थाहा छैन’ । जाने कतै ठाउँ छैन, पहिराले बस्ति नै उच्च जोखिममा परेपछि डेढ सय घरका नागरिक सरकारले केही गर्ला भन्ने आसामा छन् । गाउँमा पहिरो चल्न थालेपछि हेलिकप्टर मार्फत विरामिको उद्धार गर्न पुगेका गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठलाई त्यसपछि स्थानीयले गाउँमा देखेका छैनन् ।
बलेफी खोलामा निर्माणाधिन ३६ मेगावाटको अपर बलेफी हाईड्रोपावरले बस्ति मुनि सुरुङ खन्दा नाम्फा गाउँ पहिरोले बगाउन लागेको स्थानीयको निचोड छ । बस्तिमुनि सुरुङ खन्नुअघि स्थानीयले जिल्ला प्रशासन कार्यालयमा पुगेर गत मंसिरमै निवेदन दिएका थिए । अहिले बस्ती बस्नै नहुने भएपछि वडा अध्यक्ष प्रताप लामाले सुरुङकै कारण हो वा अरु कारणले भनी भु–गर्भविद्ध ल्याएर अध्यन गरिने बताउनुभयो । तर विज्ञ ल्याएर जमिनको अध्यन गर्न ढिलो गर्न नहुने स्थानीय बताउछन् । स्थानीय निमा लामा विज्ञ आएर बस्तीको अध्यन गर्न ढिला गर्न नहुने बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्