शैक्षिक गतिविधि असोज १ गतेबाट सञ्चालन गर्न सिफारिस – Kanika Khabar
Saturday, April 20Nepali News Portal

शैक्षिक गतिविधि असोज १ गतेबाट सञ्चालन गर्न सिफारिस

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
भदौ १ गतेबाट सञ्चालन गर्ने भनिएको शैक्षिक गतिविधि तत्काल सञ्चालन नहुने भएका छन् । पछिल्लो चरणमा समुदाय स्तरमा नै कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेपछि पुनः उच्च सतर्कता अपनाउन थालिएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालनलगायतका गतिविधिलाई असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।

सिसिएमसीको हिजो आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । सिसिएमसीले गरेको प्रस्तावलाई सम्भवतः आज सोमबार बस्ने मन्त्री परिषदको बैठकले निर्णय गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्