विद्यार्थी भर्ना कार्यक्रम भदौ १५ सम्म नगर्न निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

विद्यार्थी भर्ना कार्यक्रम भदौ १५ सम्म नगर्न निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
भदौ १ गतेबाट सञ्चालन गर्ने भनिएको विद्यार्थी भर्ना कार्यक्रम भदौ १५ सम्मलाई स्थगित गरिएको छ । पछिल्लो चरणमा कोरोना भाइरस सङ्क्रमण बढ्दै जान थालेपछि यस्तो निर्णय गरिएको हो । हिजो सोमबार बसेको मन्त्री परिषद्को बैठकले विद्यार्थी भर्ना कार्यक्रमलाई भदौ १५ सम्म नगर्ने निर्णय गरेको हो ।

लामो दुरीको यातायात सञ्चालन र हवाइ उडानलाई पनि भदौ १५ गते सम्म स्थगित गरेको छ ।

यी सबै क्षेत्र अहिले भदौ १६ गतेबाट सञ्चालन हुने भनिएको भए पनि त्यतिबेलाको अवस्था हेरेर मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय भएको स्रोतले जनाएको छ । भदौ १५ सम्म पनि कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण नभए १६ गतेबाट सञ्चालन गर्ने भनिएका क्षेत्र सञ्चालनमा ल्याउन नसकिने स्रोतले बताएको छ ,

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्