रोटरीले प्रतीक्षालय निर्माण गर्ने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

रोटरीले प्रतीक्षालय निर्माण गर्ने

    मा प्रकाशित

शरद रेग्मी
साउन २८, दाङ ।
रोटरी क्लव अफ तुलसीपुर सिटीले यस क्षेत्रका दुईवटा मन्दिरहरुमा प्रतीक्षालय निर्माण गर्ने भएको छ ।
प्रसिद्ध धार्मिक स्थलहरु त्रिसिद्धेश्वरी मन्दिर र दुधेनाको कृष्ण मन्दिरको प्राङ्गनमा तिर्थालु भक्तजनहरुका लागि सुविधायुक्त प्रतीक्षालय निर्माणको काम सुरु भएको रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
त्रिसिद्धेश्वरी मन्दिर प्राङ्गनमा निर्माण हुन लागेको प्रतीक्षालय रोटरी क्लव अफ तुलसीपुरका संस्थापक अध्यक्ष स्वर्गीय राजकुमार श्रेष्ठको सम्झनामा निर्माणको कामको सुरुवात गरेको श्रेष्ठकी धर्मपत्नी निर्मला श्रेष्ठले जानकारी दिइन् ।
स्वर्गीय राजकुमार श्रेष्ठको योगदान र सामाजिक सेवाको सम्झना गर्न समेत प्रतीक्षालय निर्माणमा आफूले चासो दिएको उनले बताइन् । करिब तीन लाखको स्टिमेट गरिएको प्रतीक्षालयको बुधबार स्वर्गीय श्रेष्ठकी भाउजु मैना देवी श्रेष्ठले जग पूजा गरेर निर्माणको कामको शुभारम्भ गरिन् ।
भवन निर्माण समितिको सयोजकमा क्लबका पुर्ब अध्यक्ष कुशल तर्ताल रहनुभएको छ भने क्लबका भाबि अध्यक्ष शिब श्रेष्ठले समन्वयकारी भुमिकामा रहेका छन् ।
साथै तुलसीपुरको दुधेनामा रहेको कृष्ण मन्दिरमा रोटरी क्लब अफ तुलसीपुर सिटीका सदस्य क्षेत्र भण्डारीको सयोजकत्वमा रोटरी प्रतीक्षालय निर्माणको काम सुरु गरिएको छ ।
भण्डारीले आफ्ना स्वर्गीय बुवा तेजबहादुर भण्डारीको सम्झनामा धार्मिक प्रतीक्षालय निर्माणको कामलाई अगाडि बढाएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्