बंगलादेशले आगामी सेप्टेम्बर श्रीलंकासँग टेस्ट सिरिज खेल्ने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

बंगलादेशले आगामी सेप्टेम्बर श्रीलंकासँग टेस्ट सिरिज खेल्ने

    मा प्रकाशित

कनिका खबर
साउन २९, दाङ
बंगलादेशले आगामी सेप्टेम्बर श्रीलंकासँग टेस्ट सिरिज खेल्ने भएको छ । बंगलादेश क्रिकेट बोर्ड (बिसीबी)का क्रिकेट अप्रेसन चेयरमेन अक्रम खानले टोलीले बंगलादेश भ्रमण गर्ने पक्का भएको बताउनुभएको हो । घरेलु टिम श्रीलंकासँग बंगलादेशले तीन खेलको टेस्ट सिरिज खेल्नेछ । कोलम्बोमा हुने सिरिज सेप्टेम्बर २४ मा सुरु हुनेछ । त्यसअतिरिक्त बंगलादेशले श्रीलंकासँग टी–ट्वान्टी सिरिज खेल्नका लागि पनि प्रस्ताव राखेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्