समुदायस्तरको कोरोना बुझ्न अध्ययन सुरु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

समुदायस्तरको कोरोना बुझ्न अध्ययन सुरु

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुगेनपुगेको पत्ता लगाउन वृहत जाँच सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिएर काम सुरु गरेको छ । वीरगञ्ज र विराटनगरमा समुदायमा सङ्क्रमण फैलिएको स्थानीय चिकित्सकहरूले बताउने गरेका भए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औपचारिक रुपमा स्वीकार गरेको छैन ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने समुदायमा व्यापक नभई समूहमा सङ्क्रमण देखिएको बताएका छन् । सेरोलजिकल जाँच गर्न लागिएको र यसले सङ्क्रमण समुदायस्तरमा पुगे नपुगेको पत्ता लगाउने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
सातवटै प्रदेशका विभिन्न उमेर समूहका मानिसको ३–५ मिलिलिटर रगत संकलन गरी राष्ट्रिय जनश्वास्थ्य प्रयोगशामा त्यसको परीक्षण गर्ने तयारी भएको छ । एउटा प्रदेशबाट ४ सय जनाको नमूना सङ्कलन गर्ने तयारी भएको छ । अनुसन्धानको नतिजा २ हप्तामा आउने गरी व्यवस्था मिलाउन लागिएको छ ।
परीक्षणमा कोरोना परीक्षण नगरेका तथा यसअघि परीक्षण गर्दा नेगेटिभ आएकाहरू सहभागी हुनेछन् । उनीहरूको शरीरमा इम्युनोग्लोबुलिन जी (आईजीजी) एन्टीबडी भए नभएको हेरिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्