कतारबाट स्वदेश फर्कने नेपालीको विवरण सार्वजनिक गरियो – Kanika Khabar
Friday, April 19Nepali News Portal

कतारबाट स्वदेश फर्कने नेपालीको विवरण सार्वजनिक गरियो

    मा प्रकाशित

कनिका खबर
साउन ३०, दाङ ।
कतारबाट नेपाल फर्किने ९ हजार ३ सय ८५ जना नेपालीको सूची सार्वजनिक भएको छ । नेपाली राजदूतावास दोहाले सार्वजनिक गरेको विवरण अनुसार नेपाल फर्कनका लागि व्यक्तिगत रूपमा ५ हजार ७ सय ५७ जनाले फारम भरेका छन् भने त्यहाँका कम्पनीले ३ हजार ६ सय २८ जनाको विवरण दूतावासलाई बुझाएका छन् ।
२६ जुन देखि ११ अगष्ट २०२० सम्म राजदूतावासको अनलाइन फारम भरेका नेपालीको विवरण दूतावासले सार्वजनिक गरेको हो । नामावलीमध्ये प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फिर्ता पठाइने दूतावासले जनाएको छ । यसअघि दूतावासले स्वदेश फर्कनै पर्ने व्यक्तिहरुको पहिलो नामावली १२ जुनमा र दोस्रो नामावली २५ जुनमा प्रकाशित गरेको थियो । कोरोना भाइरसको महामारी फैलिएपछि कतारबाट चार्टर उडान मार्फत ५ हजार नेपाली स्वदेश फर्किसकेका छन् भने लकडाउन पश्चात विभिन्न कारणले मृत्यु भएका ४० नेपालीको शवसमेत नेपाल पठाइएको दूतावासले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्