पाल्पाको तानसेन पूर्ण रूपमा सिल – Kanika Khabar
Friday, April 19Nepali News Portal

पाल्पाको तानसेन पूर्ण रूपमा सिल

    मा प्रकाशित

भुवन रायमाझी
साउन ३०, पाल्पा ।
पाल्पामा समुदायस्तरमा कोरोनाको सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको तानसेन नगरपालिका वडा नं. ४ स्थित बिशाल बजारका ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कार्यालयले यस्तो भनेको हो ।
स्वास्थ्यमा समस्या भएर थप उपचारका लागि काठमान्डौ जाने तयारी अनुसार उक्त महिलाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि बुधबार प्रादेशिक जनस्वाथ्य प्रयोगशाला भैरहवामा पठाईएको र हिजो आएको नतिजामा उहाँमा कोरोना भाइरस पोजेटिभ अर्थात् सङ्क्रमण भएको देखिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । सङ्क्रमित महिलाको कुनै ट्राभल हिस्ट्री अर्थात् यात्रा विवरण नभएको पनि सूचना अधिकारी पन्थीले बताए । महिलाका श्रीमानसँगै अन्य ८४ जनामा भने कोरोना नेगेटिभ अर्थात् सङ्क्रमण नभएको पाइएको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण देखिएसँगै सो क्षेत्रका स्थानीय त्रसित भएका छन् । सङ्क्रमित महिलालाई आइसोलेसनको व्यवस्थापन तथा समुदायमा उच्च सर्तकता अपनाउनका लागि वडा कमिटी तथा जिल्लास्थित सिसिएमसिको बैठक बसेको तानसेन नगरपालिकाका स्वास्थ्य संयोेजक झबिन्द्र न्यौपानेले जानकारी दिए । सङ्क्रमण देखिएसँगै पाल्पाको तानसेन पूर्ण रुपमा बन्द गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्