छेकेन कोरोनाले, मरेको लास उठाउँदै छोटो छ जिन्दगीका यादमा उचाइ लिए भुपूले – Kanika Khabar
Friday, April 19Nepali News Portal

छेकेन कोरोनाले, मरेको लास उठाउँदै छोटो छ जिन्दगीका यादमा उचाइ लिए भुपूले

    मा प्रकाशित

कनिका खबर
भदौ ७, दाङ ।

Image may contain: 1 person, text that says 'AADIMKCPRESENTS COLLABORATION OSTWORKS DCAMMOT मरेको PANDEY लास AVIDEOB ANIL MANANDHAR LAMINOUS SINGER BHUPU PANDEY AADIMKC MUSIC BHUPU PANDEY ARRANGER SANJIV BARAILI RECORDIST SAMIR KARKI STUDIO THE EPEAK MUA URMIL LAMA RIYASHA DAHAL BHUPU PANDEY MANOJ KARKI DOP& DIRECTION ANIL MANANDHAR PRODUCT LUMINOUS POSTWORKS FX-DCAM EX-DCAM'
यतिबेला गायक तथा नायक भुपू पाण्डे गीत संगीतमै व्यस्त छन् । कोरोनाको महामारी चलिरहँदा उनलाई गीत संगीतको प्यास प्याकप्याक्ती पारिरह्यो । एकातिर कोरोना कहर अर्कोतिर संगीतको लहर लिएर उनी कुदिरहे नेपाली सांगीतिक बजारमा । एउटा ‘रिस्क’ थियो, विश्व कोरोनाको महामारीमा चुर्लुम्म डुबेको बेला संगीतको सुमधुर सुर, लय र ताललाई संगीतप्रेमीको मन मस्तिष्कमा पसाल्न । आफ्ना सिर्जनामा अरुलाई रुवाउन, आफ्ना सिर्जनामा अरुलाई नचाउन, आफ्ना सिर्जनामा अरुलाई सम्मिलित बनाउन साँच्चै यो कोरोना कहरको बिचमा त्यति मामुली कुरा थिएन । त्यही ‘रिस्क’को सगरमाथा हरेक पल उनको मन मस्तिष्कमा ठडिरहन्थ्यो । त्यही उचाई उनका लोचनले हरेक विहान दृष्यावलोकन गर्दथे अनि एउटा इरादा उनीभित्र सुदृढ भएर पलाउँथ्यो, ‘रिस्क नै जिन्दगी हो ।’

Image may contain: 1 person, standing

‘हरेक दिनको सुरुआत विहानीमा हार्मोनियमका सारेगमसँगै खेल्दै चलिरहन्छन् । मनमा टिपिकल शब्दका खहरेहरु बगिरहन्छन्, मस्तिष्कमा नवीन सुर र तालका झरनाहरु झरिरहन्छन् ।’ सिर्जना जन्मनुभन्दाका पहिलेका अनुभव सुनाए भुपूले । उनले थपे, ‘एउटा सिर्जना जन्माउन कम्ता कठिन छैन, मान्नुस आमालाई एउटा सन्तान जन्माउन जति पीडा भोग्नुपर्छ , सिर्जना जन्माउन पनि त्यति नै सकस छ । तर आमालाई सन्तानको जन्मभित्र पीडा खुशी बनेर आउँछ हामीलाई पनि सिर्जनाभित्र सबै सकस सामान्य भइदिन्छ ।’

मोफसलका प्रायः सर्जकहरुले कोरोना कहरमा राजधानी छाडिरहँदा भुपू राजधानीमै घस्रिरहे, एउटा लक्ष्य चुम्ने इरादाका साथ । तिम्रो मायामा दम छैन.….. पूर्व भजनमा रमाउने गायक भुपू ‘मायावी’सँगै सुगम संगीतमा उदाए, त्यो पनि तेजस्वी रुपमा । संगीतका एक बहुमुखी सर्जकका रुपमा अहिले भुपूले आफूलाई स्थापित गरेका छन् । शब्द, संगीत र स्वर त आफै भर्छन् नै यसका अलावा एरेन्जको पाटोमा पनि आफूलाई अब्बल साबित गरिसकेका छन् । त्यसो त अझ उनको अभिनयको पाटो झनै ‘बोल्ड’ छ । उनी भन्छन्, ‘मलाई बोल्ड अभिनयमा मरेको लासभित्र मुटु किन चल्थ्यो र गीतले प्रवेश गरायो । ’

Image may contain: 2 people, including Bhupu Pandey, people standing and text
कोरोना महामारीका बिचमा गायक भुपूले भोकल र कम्पोज गरी एक दर्जन बढी गीतको काम गर्न भ्याए । ‘छोटो छ जिन्दगी फोटो खिचेर राख’ गीतले उनलाई गीत संगीतको ट्रेन्डिङमा पु¥यायो । ‘मोक्ष पथ’ र ‘मायावी’ स्लो एलबम नेपाली संगीतको बजारमा ल्याइसकेका छन् । पाँच दर्जन बढी गीतमा स्वर र ३ दर्जन बढी गीतमा कम्पोज गरिसकेका पाण्डे यतिबेला निकै व्यस्त भेटिन्छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्