कोपनहेगनमा छायांकन गरियो सविनाको ‘मखमली फूल’ (भिडियोसिहत) – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोपनहेगनमा छायांकन गरियो सविनाको ‘मखमली फूल’ (भिडियोसिहत)

    मा प्रकाशित

कनिका खबर
भदौ ८, कोपनहेगन (डेनमार्क) ।


गायिका सविना वलीको मखमली फूल हो कि ? … बोलको गीत सोमवार सार्वजनिक भएको छ । परञ्जय फिल्मसको युट्युव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

साहित्यकार एवं गीतकार आदिम के.सी.का शब्द अनि भूपु पाण्डेको संगीतमा तयार भएको गीतको छायांकन डेनमार्कमा भएको हो । गीतमा कलाकारहरु एस्.के. बोम्जन, सोबु केसी, आर्यन बुर्जा मगर, आकृति लामा, प्रियानी प्रसाईको नृत्य एवं अभिनय रहेको छ ।

डेनमार्कको कोपनहेगनमा छायांकन भएको गीतलाई पूर्ण बस्नेतले छायांकन एवं सम्पादन गरेका हुन् । गीतको कोरियोग्राफी एवं निर्देशन एस्.के. बोम्जनको रहेको छ ।

गीत निर्माणमा परञ्जय फिल्मस्, इनास डेनमार्क, एस्.के.पी. इन्टरटेन्मेन्ट र रवीन दाहालले सहयोगी हात बढाएका थिए । नृत्य गर्न मिल्ने शैलीमा निर्माण भएको गीतलाई दर्शकले रुचाउने विश्वास गायिका सविना वलीले लिएकी छिन् । ‘मखमली फूल’ गायिका वलीको डेब्यु गीत हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्