दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानविरुद्ध इङ्गल्यान्डको जीत – Kanika Khabar
Friday, March 29Nepali News Portal

दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानविरुद्ध इङ्गल्यान्डको जीत

    मा प्रकाशित

कनिका खबर
भदौंं १५, दाङ
घरेलु टिम इङ्गल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो ट्वान्टी–ट्वान्टी क्रिकेट जितेको छ । गएराति भएको खेलमा इङ्गल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराएको हो । ओल्ड ट्राफोर्डमा पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इङ्गल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । दोस्रो ट्वान्टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इङ्गल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल भोलि हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्