कनिका खबर
तुलसीपुर, १६ भदौ ।
एका बिहानै तुलसीपुर ११ स्थित उरहरी स्वास्थ्य चौकी बेल्टाकुराका स्वास्थ्यकर्मीहरू स्वास्थ्य चौकी परिसरमा पसिना पुछ्दै हस्याङफस्याङ गर्दै थिए । कोही कुटाे कोदालो पकडेर खनखोरस गर्दै थिए भने कोही इट्टा अनि माटाे बोक्दै थिए । सधै बिरामीहरुको सेवामा ब्यस्त हुने स्वास्थ्यकर्मीहरु मजदुर जस्तै कडा परिश्रम गर्दै गरेको यो दृश्य रोचक अनि फरक देखिन्थ्यो । एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि गत ८ गते देखि सिल गरिएको यस स्वास्थ्य चौकिका स्ताफहरु अफिस क्वारअन्टिनमा बस्दै आएका छन् । उनीहरु त्यहाँ बसेदेखि नै स्वास्थ्य चौकी परिसरमा मिनी पार्क निर्माण गर्न जुटेका हुन् । उनीहरु आफै खाना पकाएर खान्छन् अनि बाकि समय स्वास्थ्य चौकी परिसरको सज्जावटमा ब्यस्त हुन्छन् । स्वास्थ्य चौकीमा कार्यरत ९ जना स्वास्थ्यकर्मीहरु ८ गतेदेखि अफिस क्वारअन्टिनमा छन् भने १० गते कोरोना परीक्षणका लागि स्वाब दिएर रिपोर्ट पर्खिरहेका छन् । विभिन्न समयमा रचनात्मक गतिबिधिमा सक्रिय भएर चर्चा बटुल्दै आएका यस स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरु अहिले आफ्नो स्वास्थ्य भन्दा आफु कार्यरत स्वास्थ्य चौकी परिसरलाइ सजिसजाउ बनाउन ब्यस्त छन् । अफिस क्वारअन्टिनमा बसेदेखि नै स्वास्थ्य चौकी परिसरमा मिनी पार्क निर्माण गरी विभिन्न फूलहरु रोप्न ब्यस्त यी स्वास्थ्यकर्मीहरु आफू कार्यरत संस्थालाई सबै प्रकारले उत्कृष्ट बनाउनु आफ्नो कर्तब्य सम्झिन्छन । स्वास्थ्य चौकीका इन्चार्ज चित्र वलीको नेतृत्वमा एच ए , सिएम ए, ल्याब असिस्टेन्ट अनि अन्य स्वास्थ्यकर्मीहरु क्वारअन्टिनमा बसेदेखि नै स्वास्थ्य चौकी परिसरलाई सुन्दर अनि आकर्षक बनाउन मेहनत गरिरहेका छन् । बिरामीहरुलाई स्वास्थ्य सेवाका साथै मानसिक रुपमा पनि मनोरञ्जनको वातावरण निर्माणका लागि यो अभियान शुरु गरिएको इन्चार्ज चित्र वलि बताउँछन् । काममा ब्यस्त हुँदा मानसिक रुपमा पनि कोरोनाको ह्याङ हराउने भएकाले रिपोर्ट नआउँदा सम्म बिभिन्न रचनात्मक कृयाकलापमा ब्यस्त हुने सोच बनाएको वलीले बताए । स्वास्थ्य चौकीका एच ए यज्ञ बहादुर केसिले पनि आत्मसन्तुष्टि र स्वास्थ्य चौकीलाई आकर्षक बनाउन क्यारी बनाएर बिरामीहरुलाई मिनी पार्कको अनुभुति दिलाएर उर्जा थप्न मिनी पार्क निर्माणमा जुटेको बताए । उता कोरोना पोजेटिभ भएपछि कोरोना अस्पताल बेलझुन्डीको आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका यस स्वास्थ्य चौकीका अ हे ब खड्ग बिबस बस्नेतले आइसोलेसन भित्रको बेतिथि र स्वास्थ्यकर्मीको सही रुपमा राज्यले मुल्यांकन गर्न नसकेको स्टाटसस लेखेर चर्चामा आएका छन् । उनले लेखेको स्टाटससलाई जोडेर विभिन्न स्थानीय तथा रास्ट्रिय स्तरका सनञ्चार माध्यमहरुले प्रार्थमिकताका साथ समाचार प्रकाशित गरेपछि सम्बन्धित निकाय कमिकमजोरी सुधारमा लागेको बताइन्छ ।