जालपामा नासपातीबाट जुस उत्पादनको तयारी सुरु – Kanika Khabar
Thursday, September 28Nepali News Portal

जालपामा नासपातीबाट जुस उत्पादनको तयारी सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं १६, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नासपातीबाट जुस र पेरी उत्पादनको तयारी थालिएको छ । गाउँघमा प्रसस्त मात्रामा उत्पादित नासपातीलाई सदुपयोग गर्दै आम्दानीको श्रोतका रुपमा बिकास गर्नका लागि स्थानीय जनसेवा कृषि सहकारी संस्थाले नासपातीको जुस तथा पेरी उत्पादनको तयारी गरेको हो । नासपातीबाट जुस र पेरी उत्पादनका लागि हाते मेसिन तथा विद्युतबाट सञ्चालन हुने मेसिन खरिद गरेर नासपानी संकलन सुरु गरिएको जालपाका संस्थाले जनाएको छ । जुस र पेरी उत्पादनका लागि नासपाती खरिद सुरु भएपछि स्थानीय उत्साहित बनेका छन् । हाल नासपाती संकलन गरी औपचारिकरुपमा जुस र पेरी उत्पादन, लेवलिङ, बोटलिङ र बजारीकरणको काम सुरु गरी जनसेवा कृषि सहकारी संस्थाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्