नेपाल जेसिजको अगस्ट महिनाको अवार्ड तुलसीपुर नगर जेसिजलाई प्राप्त – Kanika Khabar
Monday, April 21Nepali News Portal

नेपाल जेसिजको अगस्ट महिनाको अवार्ड तुलसीपुर नगर जेसिजलाई प्राप्त

    मा प्रकाशित

कनिका खबर
भदौ १६, दाङ ।


नेपाल जेसिजको अगस्ट महिना को अवार्ड तुलसीपुर नगर जेसिजलाई प्राप्त भएको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल जेसिजको बार्षिक कार्यक्रम मात्र होइन हरेक क्षेत्रमा यसको प्रभाव परेको छ अवस्थामा पनि तुलसीपुर नगर जेसिज सक्रिय हुँदै आफ्नो कार्यक्रम गर्दै आएको छ ।

पछिल्लो अवस्थामा तुलसीपुर नगर जेसिजले सक्रिय रुपमा काम गर्दै आएको र यसैको परिणामस्वरुप नेपाल जेसिजको अगस्ट महिनाको अवार्ड प्राप्त गर्ने सफलता मिलेको तुलसीपुर नगर जेसिज बर्ष २०२० अध्यक्ष मोहन सुनारले एक विज्ञप्ति जारी गरी बताएका छन् । साथै विज्ञप्तिमा भनिएको छ, ‘यस सफलताको लागि तुलसीपुर नगर जेसिज नेपाल जेसिज बर्ष २०२० का सम्पुर्ण पदाधिकारी, एरिया डिका निरुपित पदाधिकारी, तुलसीपुर नगर जेसिजका पूर्ब अध्यक्षहरु सल्लाहकारहरु बोर्डका साथीहरु लगायत अन्य जेसिज मन तथा तुलसीपुरनगर जेसिजलाई माया गर्ने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछ ।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्